• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

माध्यमिक विद्यालय पत्थरगाडाको निर्वाचन सम्पन्न, अध्यक्षमा यादव निर्वाचित

माध्यमिक विद्यालय पत्थरगाडाको निर्वाचन सम्पन्न, अध्यक्षमा यादव निर्वाचित

न्यूज टुडे
राजविराज, १० फागुन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ को एसएलपी माध्यमिक विद्यालय पत्थरगाडाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनमा घडी छाप चुनाव चिन्ह रोजेका रामदेव यादवको प्यानल विजयी भएको हो ।

निर्वाचनमा माछा छाप चुनाव चिन्ह रहेको प्यानललाई ४० मतान्तरले पराजित गर्दै घडी छापका रामदेव यादवको प्यानल विजयी भएका छन् । निर्वाचित मत परिणाम अनुसार रामदेव यादव अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सोही प्यानलका शंकर प्रसाद सिंह, कलावती देवी मण्डल र राधादेवी साह निर्वाचित भएका छन् । कूल १ हजार ४० मतादाता रहेको सो निर्वाचनमा ७ सय ८१ मत खसेका थिए । मतदान सम्पन्न भएपछि साँझ ६ बजेबाट जारी मतगणना सोमबार अबेर राती मतपरिणाम निर्वाचन समितिले घोषणा गरेका थिए ।