न्यूज टुडे
राजविराज, १० फागुन ।
मैथिली–नेपाली सङ्गितमा होलीको नयाँ म्युजिक भिडियो प्रेमक पिचकारी सार्वजनिक भएको छ । मैथिली भाषा संगितका यूवा गितकार विद्यानन्द वेदर्दीको शब्द रहेको म्युजिक भिडियो क्यु.यस.आर युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गितमा नेपाली तथा मैथिली भाषा संगित क्षेत्रमा ख्याति कमाएका गायक नितिन गजुरेल र चर्चित गायिका ज्योति विश्वकर्माको स्वर समेटिएको छ । मैथिली भाषा–संगितका यूवा गितकार विद्यानन्द वेदर्दीको शब्द रहेको यस म्युजिक भिडियोमा नेपालका ख्याति प्राप्त अभिनेत्री तथा मोडल अञ्जली अधिकारी र लोकप्रिय मोडल सुधिर श्रेष्ठले अभिनय गरेका छन् ।
नितिन गजुरेलले गितको कम्पोज र भुपेन्द्र राईमाझीले यस गितको संगित संयोजन गरेको छ । नेपाली फिल्म उद्योगमा प्रसिद्ध कोरियोग्राफर एवम् निर्देशक कमल राईको निर्देशन रहेको यस गितको बुद्ध थापाले छायांकन गरेको छ । यस्तै ईडिट, कलरिङ्ग र पोष्टर डिजाइन चर्चित डिजाइनर विष्णु खडकाले गरेका छन् । भिडियोमा वेदर्दीको प्रस्तुति र पोष्ट प्रोडक्शन सफल मोसन पिक्चरको रहेको छ ।
यस प्रेम गितमा भिडियोमा होलीको मुलमर्म अनुसार आपसी एकताको संदेश दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गितमा मिथिलाको पारस्परिक जोगिराको छनक समेत समेटिएको छ । गजुरेलको मैथिली भाषाको यो तेश्रो मैथिली म्युजिक भिडियो हो । क्यु.एस.आर युट्युव च्यानलबाट फागुन ७ गते यो गित सार्वजनिक गरिएको छ ।