• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

नगर प्रमुखले अनावश्यक मुडभेड निम्त्याउन खोजेको चार दलीय गठबन्धनको आरोप

न्यूज टुडे
राजविराज, ०९ फागुन ।
सप्तरीको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माले नगरपालिकामा अनावश्यक मुडभेड निम्याउन खोजेको चारदलीय गठबन्धनले आरोप लगाएका छन् । आन्दोनरत चार दलीय गठबन्धनद्वारा सोमबार एक प्रेस–विज्ञप्ति जारी गर्दै सो आरोप लागाएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी आबद्ध चार दलीय गठबन्धनले शान्तिपूर्ण संघर्षको कार्यक्रमलाई अझ उक्साउने नियतबाट नगरप्रमुख प्रस्तुत भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । गठबन्धनले पटक–पटक सूचना माग गर्दा उपलब्ध नगरेपछि सात दिने अल्टिमेटमलाई पनि नगरप्रमुखले बेवास्ता गरेकाले तालाबन्दी गर्न बाध्य पारेको थियो चार दलीय गठबन्धनद्वार जारी विज्ञप्तिमा भनिएको छ, हाम्रो मागलाई निस्तेज पार्ने नियतले एकपक्षीय रुपमा ताला तोडेर नगरपालिकाको कामकाज सुचारु गरियो, विज्ञप्तिमा अगाडि भनिएको छ, मुडभेड निम्याउने योजनाबद्ध तरिकाबाट हामीसँग कुनै प्रकारको छलफल नगरी जबर्जस्ति ताला तोडियो ।

नगरप्रमुख शर्माले आफू नाङ्गो हुने डरले सुचना उपलब्ध गराउनुको साटो मिडियाबाजी गरी बद्नाम गराउने र कार्यकर्ता तैनाथ गरेर मुडभेड गराएको गठबन्धनको आरोप छ । विज्ञप्तिमा नगरप्रमुखले आफ्ना कार्यकर्ता उचालेर वडा अध्यक्ष तथा गठबन्धनका नेताकार्यकर्तामाथि ढुङ्गामुढा प्रहार गरी घाईते गराएको भन्दै त्यस्ता अवाञ्छित कार्यप्रति घोर निन्दा र भत्सर्ना गर्दछौं चार दलीय संघर्ष समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

संघर्ष समितिले राजनैतिक सम्बाद, छलफल र सहकार्यबाट समस्यको समाधान खोज्न नगरप्रमुखलाई अपिल समेत गरेको छ । सप्तकोशी नगरपालिकामा अनियमितता गरेको आरोप लगाउँदै चार दलीय गठबन्धनद्वारा पाँच दिन अगाडि नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका थिए । नगरपालिकाले गठबन्धनले लगाएको ताला भोलिपल्ट एकपक्षीय रुपमा तोडेर कामकाज सुचारु गरेका थिए ।

आफुहरुले उठाएको मागमा गम्भीर नभई एकपक्षीय रुपमा ताला तोडेको भन्दै संघर्ष समितिका नेताकार्यकर्ताले आइतबार पुनः तालाबन्दी गर्न खोज्दा दुईपक्ष बीच झडप भएको थियो । झडपमा परि सप्तकोशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बद्री नारायण चौधरी र किसान यादव घाईते भएका थिए ।