न्यूज टुडे
राजविराज, ०९ फागुन ।
एकीकृत प्रगतिशिल ईन्जिनियर समूहद्वारा सोमबार एक दलीत परिवारलाई राहत वितरण गरेको छ । सप्तरीको राजविराज नगरपालिका वार्ड १२ सिंगियौन टोलका मृत्यू भएका हरदेव सदाको परिवारलाई राहत वितरण गरेको हो ।
करिब एक साता अघि यस टोलमा समान्य विषयलाई लिएर दलित–दलितबीच झैं–झगडा हुँदा स्थानीय हरिदेव सदाको मृत्यु भएको थियो । मृतक सदाको ६ जना छोरा छोरी रहेको र उनको परिवारको आर्थिक स्थिति एकदमै कमजोर रहेकोले जसपा सप्तरीका जिल्ला नेता लक्ष्मण यादवको पहलमा सो राहत वितरण गरेका हुन् ।
नेपाल ईन्जिनियरिंग समाजका केन्द्रीय सह–अध्यक्ष एवम् एकीकृत प्रगतिशिल ईन्जिनियर समूहबाट एनइए चुनावमा केन्द्रबाट केन्द्रिय सदस्य पदको उम्मेदवार ई. संजिव नारायण यादवको नेतृवमा मृतक परिवारलाई चामल, दाल, तथा तरकारी लगायतका सामग्रीसहित २ हजार ५ रुपैयाँ नगद हस्तान्तरण गरिएको हो ।