• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

मन्त्री साहले गरे मन्दिर र धर्मशालाको शिलान्यास

मन्त्री साहले गरे मन्दिर र धर्मशालाको शिलान्यास

न्यूज टुडे
राजविराज, ०९ फागुन ।
मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको तिरहुत गाउँपालिकाको वडा नं. ०२ मयनाकडेडीमा बन्न लागेको राधाकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास गरेका छन् ।

सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको उक्त मन्दिर तथा धर्मशालाको सोमबार एक कार्यक्रम बीच मन्त्री साहले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा तिरहुत गाउँपालिकाको अध्यक्ष हेमन्त कुमार वहरखेर, तिरहुत गाउपालिका वडा नं १ का वडा अध्यक्ष शिवनारायण मेहता, वडा नं. २ का वडा अध्यक्ष जयप्रकाश यादव, वडा नं ४ का वडा नं वडा अध्यक्ष मनोज कुमार यादव लगायतका उपस्थिति रहेको थियो ।