• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

हनुमाननगरमा निर्वाचन सम्बन्धि एकदिवसीय कार्यशाला गोष्ठी आयोजना

हनुमाननगरमा निर्वाचन सम्बन्धि एकदिवसीय कार्यशाला गोष्ठी आयोजना

न्यूज टुडे
राजविराज, ०९ फागुन ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्बर ९ स्थित हनुमाननगरमा सोमबार निर्वाचन सम्बन्धि एकदिवसीय कार्याशाला गोष्ठी आयोजना गरेको छ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिद्वारा गोष्ठीको आयोजना गरेको हो ।

सभापतिको आशनबाट बोल्दै जसपा मधेश प्रदेश समितिका उपाध्यक्ष झा । फोटो ः न्यूज टुडे

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको रणनीति तय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरेको आयोजकले जनाएको छ । जनता समाजवादी पार्टीका मधेश प्रदेश समिति उपाध्यक्ष शम्भु झाको अध्यक्षता तथा जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।्

गोष्ठीमा बोल्दै मन्त्री साहले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा लगाउनु पर्नेमा जोड । उनले सबै पार्टीसँग सुमधुर सम्बन्ध राख्दै चुनावी तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे । चुनावले राजनीति दलको मूल्यांकन गर्ने बताउँदै मन्त्री साहले परिणाम आफ्नो पक्षमा ल्याउन एकजुट भएर अगाडि बढ्नुपर्ने आबश्यकता औंलाए ।

कार्याशाला गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै जसपा मधेश प्रदेश समितिका मुख्य सचिव यादव । फोटो ः न्यूज टुडे

मधेश प्रदेश समितिका उपाध्यक्ष शम्भु झाले पार्टीका सम्पूर्ण नेताकार्यकर्ताको ब्यबस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे । मधेश प्रदेशका मुख्य सचिव दिनेश कुमार यादवले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै चुनावमा उम्मेदवार छनौट गर्ने तथा निर्वाचनको तयारीको सम्बन्धमा रणनीति बनाउनका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको बताए ।

कार्यशाला गोष्ठी उपस्थित प्रमुख अतिथि मन्त्री साहसहित अतिथिगणहरु । फोटो ः न्यूज टुडे

मधेश प्रदेश समितिका सचिव युसुफ अलिद्वारा संचालित कार्यक्रममा स्वागत पार्टीका मधेश प्रदेश समिति सदस्य एवम् हनुमाननगर कंकालिनी नगरपालिकाकी उप–प्रमुख सरिता सिलपलिया यादवले गरिन् । गोष्ठीमा मधेश प्रदेशका सचिव शैलेश साह, जिल्ला अध्यक्ष केदार यादव पार्टीका जिल्लास्थितका प्रदेश सदस्यहरु, जिल्ला पदाधिकारीहरु तथा कार्यकारिणी समिति सदस्यहरु, बिभिन्न नगरपालिका गाउँपालिका निर्वाचित प्रमुख÷उपप्रमुखहरु, प्रत्यासी प्रमुख, उप–प्रमुख पार्टी स्थानीय तहका, अध्यक्षहरुको उपस्तिथि रहेका थिए ।

गोष्ठीका सहभागीहरु । फोटो ः न्यूज टुडे