न्यूज टुडे
राजविराज, ०८ फागुन ।
नेत्रविक्रम चन्द बिप्लव नेकपाद्वारा आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका छन् । एससीसीको विरोध गर्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सप्तरीसहित ७७ वटै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
बिप्लव नेतृत्व नेकपा निकट बुद्धिजिवी संगठन सप्तरीका संयोजक प्रभु यादवको नेतृत्व जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । उक्त घेराउ कार्यक्रम नेकपा जिल्ला सदस्य होक्कान सिंह, यूवा संघका केन्द्रिय सदस्य कार्तिक, जिल्ला संयोजक तेजाव, श्रमिक नेपालका केन्द्रिय सदस्य दिपेन्द्र कुमार राम लगायतका नेकपाका कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
सरकारले अमेरिकी सहयोग एमसीसी साँसदबाट पास गर्न खोजेपछि विप्लव नेतृत्वको नेकपासहित बिभिन्न ६ कम्युनिस्ट पार्टीले नेपाल बन्दलगायतका संघर्षका कार्यक्रम गर्दै आएका छन् । एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै सत्ता गठबन्धन दल समेत पक्ष र विपक्षमा विभाजित भएको छ ।