• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

स्थानीय तहको निर्वाचनको झल्को दिनेगरी विद्यालयको चुनावी माहौल

स्थानीय तहको निर्वाचनको झल्को दिनेगरी विद्यालयको चुनावी माहौल

न्यूज टुडे
राजविराज, ०८ फागुन ।
सरकारले स्थानीय चुनाव वैशाख ३० गते निर्णय गरियो तर यतिबेला सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. ९ पत्थरगाडा चुनावले रङ्गिएको छ । पूर्व–पश्चिम हुलाकी सडक खण्डको पत्थरगाडा पुगेपछि जो कोही पनि चुनावको व्यापक प्रचारप्रसारले एकछिन उतै ध्यानाकर्षण गराउँछ ।

यो चुनाव कुनै स्थानीय, प्रदेश वा संघको होइनन् । एक माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको चुनावी प्रचारप्रसारमा देखिएको दृश्य हो यो । फागुन ९ गते चुनावका लागि आइतबार बिद्यालय बन्द गरिएको छ । विगत एक हप्तादेखि दुई पक्षको प्रचारप्रसारमा झण्डै १ सय वटा मोटरसाइकल परिचान हुने गरिएको छ । विद्यालय व्यवस्थापन समितिको चुनावलाई लिएर स्थानीय चिन्तित बनेको छ । स्थानीय रामदेव खङ्गले यो त स्थानीय चुनावभन्दा भड्किलो छ । दैनिक जसो ५०÷१०० जनालाई रक्सी, मास,ु मोटरसाईकल ¥याली, भोट तानातान, रकमको चलखेल हुन्छ हजुर, उनले भने, यो त बुभ्mनै ग्राहो छ । सप्तरीको एसएलपी उच्च मावि महुकी पत्थरगाडा, हाल डाक्नेश्वरी नगरपालिका वडा नं. ९ को विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेकोले सो चुनावी माहौलको रुप लिएको हो ।

विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा बिगत लामो समयसम्म विद्यालय व्यवस्थापन समिति गठन नहुदाँ राजनीति रंगमा रंगिएको हो । लामो समयसम्म समितिबिहीन बन्दा विद्यालयको शैक्षिक वातावरण बिग्रेको छ । स्थानीय बासिका अनुसार बिगत दुई वर्ष कोरोनाले शैक्षिकसत्र तहसनहस भयो अब राजनीति स्तरले बिग्रिने भयो । जबदेखि विद्यालय स्थानीय निकायमा गाभियो अनि त राजनीति दलको चुनावी मैदान हुने नै भयो, स्थानीय भोला चौधरीले भने, विद्यालय शान्तिपूर्ण क्षेत्र हुनुपर्छ तर यहाँ त अशान्ति क्षेत्र बन्दै छ । डाक्नेश्वरी नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि सर्वसमिति बनाउन आवश्यक मात्रामा पहल नगरिंदा यो चुनावी माहौलको रुप लिएको हो ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि दुई पक्ष चुनावी प्रतिष्पर्धामा रहेको छ । माछा चुनाव चिन्हबाट अमरनाथ यादव, श्रीप्रसाद यादव, जानकी देवी र भवानी देवी खङ्ग रहेको छ । त्यसैगरी घडी चुनाव चिन्हबाट रामदेव यादव, शंकर प्रसाद सिंह र राधा देवी साह रहेको छ ।

कूल १ हजार ४० मतदाता रहेको सो विद्यालयमा ४ पदका लागि फागुन ९ गते सोमबार चुनाव हुने विद्यालयको प्रधानाध्यापक देवु प्रसाद यादवले जानकारी दिए । कूल १ हजार ४ सय विद्यार्थी अध्ययनरत् सो विद्यालयमा २१ जना शिक्षक, शिक्षिका कार्यरत रहेको छ ।