राजविराज ।
सप्तरीको खडक नगरपालिकाका प्रमुख हिमायू हकले प्रजातन्त्रको उपलब्धिलाई संस्थागत गर्न अझै संघर्ष गर्नु आबश्यकता रहेको बताएको छ । फुलेश्वर बौद्ध विहार गुम्वा खडक नपा १० फुलबरियाद्वारा शनिबार ७२औं प्रजातन्त्र दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

गुम्बाको अध्यक्ष बलराम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख हकले प्रजातन्त्रको अनुभूती अझै जनताले गर्नु नपाएको बताए । प्रजातन्त्र केही सिमित समुदायको लागि मात्र आएको भन्दै प्रमुख हकले देशमा उत्पीडित जनताले प्रजातन्त्रको अझै अनुभूती गर्न नपाएको बताए । प्रजातन्त्रको अर्थ जनताको शासन ब्यबस्था हो, हकले भने, देशको ठूलो जनसंख्या राज्यको शासन र प्रशासनबाट बञ्चित छन् उनले थपे, प्रजातन्त्रको अनुभूती अझै जनताले गर्न पाएको छैन । उनले प्रजातन्त्रमा देशको शासन र प्रशासन सम्मान अधिकार र बजेटमा बराबरी हक प्राप्त नभएसम्म प्रजातान्त्रिक ब्यबस्थाले सार्थकता नपाउने बताए ।

उनले ब्यपस्था फेरिएपनि केही मुठ्ठीभरका समुदायको सोचका कारण जनताको जीवन शैली नफेरिएको स्पष्ट पारे । देशमा ब्यबस्था परिवर्तन भएपनि जनताको अबस्थामा भन्ने परिवर्तन आउन नसकेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको नगरप्रमुख हकले प्रजातन्त्रको उपलब्धि रक्षा र थप अधिकारका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको भावनाअनुसार नगरका सबै भाषा, धर्म साँस्कृतिक जगेर्ना तथा गजेर्ना गर्दै कसैसँग पूर्वाग्रह नराखि विकासको काम गरेको उल्लेख गर्दै उनले नगरपालिकामा आफ्नो कार्यकालमा कसैलाई काखापाखा नगरेको दावी गरे । फुलेश्वर बौद्ध गुम्बाले प्रजातन्त्र दिवसको अबसरमा कार्यक्रम गरेकोमा खुशी हुँदै नगरप्रमुख हकले गुम्बाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम् संचारकर्मी बृजमान तामाङ, थारु भाषा तथा साहित्य परिषद् नेपालका केन्द्रिय उपाध्यक्ष बुधसेन चौधरी, खडक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र चौधरी, सदस्य गौरी चौधरी, शिक्षाविद् सत्यनारायण चौधरी, थारु कल्याणकारिणी सभा सप्तरीका सदस्य देवकान्त चौधरी, समाजसेवी देव नारायण चौधरी, त्रिपुरेश्वर ठाकुरलगायतकाले प्रजातन्त्र दिवकोबारे चर्चा गर्दै प्रजातन्त्रका लागि ज्यान समर्पण गर्ने वीर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
स्थानीय अमेन्द्र कुमार यादवद्वारा संचालित कार्यक्रममा गुम्बाका संयोजक डा. कविरदास चौधरीले प्रजातन्त्र दिवस मनाउनुको उद्देश्यबारे प्रकाश पारे भने स्वागत बौद्ध गुम्बाका सचिव रुन्दी प्रसाद चौधरीले गरे । साभार ः सत्यापन