• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

चुनावको तयारीमा जुट्न अध्यक्ष सिंहको आग्रह

चुनावको तयारीमा जुट्न अध्यक्ष सिंहको आग्रह

विरेन्द्र बजार ।
जनता समाजवादी पार्टी राजगढ गाउँपालिकाका अध्यक्ष ललित कुमार सिंहले स्थानीय तहको चुनावको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरेका छन् । जनता सामाजवादी पार्टी नेपाल गाउँपालिका समितिद्वारा वडा नम्बर २ स्थित बनैनियाँमा शनिबार आयोजित वडास्तरीय महिला भेलालाई सम्बोधन गर्दै उनले उक्त आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले जनता समाजवादी पार्टीले मात्र महिलाहरुको आरक्षण र अधिकारको विषयमा आवाज उठाएको बताए । जनता समाजवादी पार्टी महिलासहितका मुलुकमा सबैखाले भेदभाव र अन्यायको विरुद्ध संघर्ष गर्ने पार्टी हो, अध्यक्ष सिंहले भने, अहिले शासन र प्रशासनमा थोरै भएपनि समाबेशिता र सहभागिता देखिएको जनता समाजवादी पार्टीकै देन हो ।

स्थानीय सरकारको प्रमुख वा उप–प्रमुख १ जना महिला अनिवार्य हुनुपर्ने, हरेक वडामा १ जना महिला र दलित महिलाको संबैधानिक सुनिश्चितता मधेश आन्दोलनको बलमा प्राप्त गरेको चर्चा गर्दै अध्यक्ष सिंहले साँसद, सरकार र प्रमुख निकायहरुमा महिलाको उपस्थिति बढाउन जसपाको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको बताए ।

जसपाको नीति सिद्धान्त र विचारका कारण महिलाले थोरै भएपनि अधिकार प्राप्त गरेको दावी गर्दै सिंहले महिलासहित देशमा बिभेद, अन्याय र भेदभावमा परेको जति, समुदायको अधिकार सुनिश्चितताको लागि तिनै तहको सरकारको नेतृत्व जसपाले गर्नुपर्ने आबश्यकता औलाए । उनले पहिचान, अधिकार र प्रतिनिधित्वको लागि पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ चुनावको प्रचारप्रसार र तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे ।

भेलाले पार्टीको नीति, सिद्धान्त र विचारलाई प्रचारप्रसार गरी जनतासमक्ष पु¥याउन १५ जनाको संख्यामा ४ वटा समिति समेत गठन गरेको जनाएको छ । साभार ः सत्यापन