• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

जगमोहनमा पिकअपले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते

जगमोहनमा पिकअपले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते

न्यूज टुडे
राजविराज, ०५ फागुन ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित जगमोहनमा बिहीबार पिकअपले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाईते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक राजविराज नगरपालिका ७ का ४५ बर्षीय सुर्य नारायण यादव, पछाडी सवार विष्णुपुर गाउँपलिका १ का ४० बर्षीय दिपेन्द्र यादव घाईते भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका–६ जगमोहनस्थित बा ११प७३२१ नम्वर मोटरसाइकललाई लु२च ७९२८ नम्वरको पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

  सुर्यनारायणको खुट्टा भाँचेको छ भने दिपेन्द्रको पनि खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

दुवै उपचारको लागि युनिक अस्पतालमा भर्ना गरिएको जनाएको छ । पिकप चालक सप्तकोशी नगरपालिका–६ बुचहीका २७ वर्षीय विनोद बहादरलाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै, विहिबारै राजविराज–रुपनी सडकखण्ड अन्तर्गत पाँचकिलोस्थित प्र२–०१–००३ प५७९० र को ३७ प ३३३६ नम्वरको मोटरसाइकल जुधेर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका चारै जनाको यूनिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाएको प्रहरीले जनाएको छ ।