न्यूज टुडे
राजविराज, ०५ फागुन ।
सरकारी सेवाबाट अबकश लिएर अगलागी लगायतका बिपद्को जोखिम न्यूनीकरण गर्न तथा पीडितको सहयोगमा सक्रिय छन् समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ निवासी यादव अग्निपीडित, ठिण्डीपीडित र अतिबिपन्नहरुको सारथी बनेर दिनरात खटिन्छन् ।
यादव आफू अस्वस्थ हुँदा समेत विपद्को घटनाको खबर सुन्नसाथ पुग्ने गरेका छन् । आगलागीबाट बाँचौ र बचौं भने नारा लेखिएको ब्यानर साथमा बोकी घटनास्थलमा पुगेर पीडितलाई राहत प्रदान गदै जनचेतनामूलक संदेश फैलाउँदै विपद्को घटना न्यूनीकरण गर्नेतर्फ सबैलाई सचेत गराउने उद्देश्य समेत राखी थोरै सहयोग गर्दै आएको यादव बताउँछ ।्

ईन्जिनियर यादवले आफ्नो कार्यक्रममा जनप्रतिनिधि सुरक्षाकर्मी, संचारकर्मीलाई बोलाउन छुटाउँदैन । उनले आफुसँगै गएका जनप्रतिनिधि पत्रकार र प्रहरीलाई पीडितको उद्धार र आफुबाट हुनसक्ने सहयोग गर्न आग्रह गर्दै खादामालाले सम्मान दिन्छन् । उनले कसैसँग काम लिनु छ भने सम्मानपूर्वक लिनुपर्छ भनी आग्रह समेत गर्न छुटाउदैन । यादव साँच्चिकै आपत विपतमा परेकाहरूको सारथी बनेका छन् ।
विपन्न गरिवहरुको सेवामा समर्पित धर्मी हल्फा महिला विकास क्लवका अध्यक्ष सामाजसेवी ईन्जिनियर यादवले आफ्नो अभियानलाई निरन्तरता दिदै बिहीबार बोदेबर्साईन नगरपालिका वडा नम्बर ३ सरस्वरका एक अग्निपीडित परिवारलाई राहत प्रदान गरे । उनले स्थानीय अग्निपीडित सन्तोष कुमार साहको परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, गिलास, कन्ती भाँडा, पन्यौ लगायतका सामाग्री प्रदान गरे ।
राहत वितरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय बोदेबर्साईनका ईन्चार्ज प्रहरी नायव निरीक्षक सुरेश पाल, पत्रकार उमेश साह, लोकेन्द्र यादव लगायतका उपस्थित रहेका थिए ।
गत माघ २० गते यादवको घरमा आगलागी हँुदा १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।