• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीमा अर्थ मन्त्री साहद्वारा तीन सय जनालाई कम्वल वितरण

सप्तरीमा अर्थ मन्त्री साहद्वारा तीन सय जनालाई कम्वल वितरण

न्यूज टुडे
राजविराज, ०५ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ स्थित तिलाठीमा बिहीबार मधेस प्रदेश सरकारका प्रबक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले तीन सय जनालाई कम्वल वितरण गरेका छन् । स्थानीय जेष्ठ नागरिक, एकल महिला तथा फरक क्षमता भएको ब्यक्तिहरुलाई मन्त्री साहले कम्वल वितरण गरेका हुन् ।

वितरणका लागि तयारी कम्वल । फोटो ः न्यूज टुडे

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश्वर मिश्राको अध्यक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले गाउँपालिका अन्तर्गत रहेका जेष्ठ नागरिक, एकल महिला तथा फरक क्षमता भएका व्यक्तिहरुलाई १ थानको दरले कम्वल प्रदान गरे ।

कम्वल वितरण कार्यक्रममा सहभागी प्रमुख अतिथि साहसहित अतिथिहरु । फोटो ः न्यूज टुडे

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादव, जसपा जिल्ला कार्यकारिणी समिति सदस्य निरज मुक्ति, प्रेस मञ्च नेपालका महासचिव अबधेश झा, केन्द्रिय सदस्य बैधनाथ यादव, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष जितेन्द्र खड्का, सचिव जितेन्द्र झा जितु, प्रेस मञ्च नेपाल सप्तरीका कोषाध्यक्ष धर्मपाल राउत, नवीन निर्भय यादव, मबुल मिश्रा, विजय यादव, श्रीराम मण्डल, लालु यादव, सुशील मण्डल, राम यादव, प्रदीप यादव लगायतका स्थानीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।