• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

विद्यालयमा आयोडिनयुक्त नुन सम्बन्धि जनचेतनामूलक कार्यक्रम

विद्यालयमा आयोडिनयुक्त नुन सम्बन्धि जनचेतनामूलक कार्यक्रम

विरेन्द्र साह
राजविराज, ०४ फागुन ।
सप्तरीको सीमा क्षेत्रका माध्यमिक विद्यालयहरुमा आयोडिनयुक्त नुन सम्बन्धि जनचेतनामूलक कार्यक्रम शुरु गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखाद्वारा आयोडन नुनको महत्व दर्साउन विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रम सिमानजिका माध्यमिक विद्यालयमा कार्यक्रमको थालनी गरेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन राजविराज शाखाका प्रमुख शत्रुधन प्रसाद साहले जानकारी दिए । तराई मधेसका जिल्लासहित खासगरी सीमा नजिकका बस्तीमा आयोडिन युक्त नुनको प्रयोग नहुने भएकाले सोही क्षेत्रबाट कार्यक्रमको सुरुवात गरेको जानकारी दिए ।

साल्ट ट्रेडिङद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा सहभागी खडक नपा १० स्थित माध्यमिक विद्यालय ईनरवा फुलबडियाका विद्यार्थीहरु । फोटो ः न्यूज टुडे

नेपाली नुन भन्दा भारतीय गुणस्तरहिन नुनमा प्रयाप्त मात्रामा आयोडिनको मात्रा कम रहेकाले सोबारे जानकारी दिन सीमा नजिकैको विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई नुनको महत्वबारे जानकारी गराउने उद्देश्य रहेको उनले स्पष्ट पारे । हामीले दैनिक जीवनमा नुनको प्रयोग गरिरहेका छौं, उनले भने, कुन नुनमा कति प्रतिशत आयोडिनको मात्रा छ, स्वम् समाजका अगुवावर्गमा चेतना छैन । समाजका अगुवावर्ग आयोडिनबारे जानकारी नहुँदा हामीले साना–साना बालबालिका रोजेको प्रमुख साहले बताए ।

एक चम्चा नुन दैनिक खानपिनमा नभई नहुने वस्तु भएको बताउँदै शाखा प्रमुख साहले आयोडिन कम भएको नुनको प्रयोग बढ्दै गएको खण्डमा गलगाँड, लठ्याउनु, सुस्त मनस्थितिको बच्चा जन्मिनु, गर्भ तुहिने खतरा रहेकाले दुई बालबालिका चिन्ह भएको आयोडिनयुक्त नुनको प्रयोग बढाउन सबैसँग आग्रह गरे । समुन्द्री सतहमा मात्र पाइने आयोडिन हामीकहाँ समुन्द्री माछा वा सागपात नपाइने भएकाले, काम्तिमा पनि ५० प्रतिसतसम्म आयोडिनयुक्त नुनको प्रयोग गरिनुपर्ने आवश्यकता औल्याए ।

उनले हालसम्म सप्तरीका २ वटा विद्यालयमा कार्यक्रम गरिसकेकोमा बुधबार खडक नगरपालिका वडा नं. १० मा पर्ने श्री ५ महेन्द्र माध्यमिक विद्यालय ईनरवा फुलवडियामा बुधबार नुनको महत्व बारे जानकारी गराइएको हो ।

आयोडिनको महत्वबारे जनचेतना फैलाउन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसहित जिल्ला जनस्वास्थ्य, गाउँपालिका÷ नगरपालिकाको स्वास्थ्य शाखा र बिभिन्न गैरसरकारी संस्थाहरु क्रियाशिल रहेको छ । अन्तर्राष्ट्रिय रुपमा अंग्रेजी महिनाको फेब्रुअरीभरी बिभिन्न निकाय सक्रिय रुपमा लाग्ने गरेको छ ।