न्यूज टुडे
राजविराज, ०३ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित रहेको लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक विपिन झा अधिकांश समयमा विद्यालयमा नआउने गरेको अभिभावकहरुले आरोप लगाएका छन् । विद्यालयमा झालाई भेट गर्न जाँदा सधै बाहिर भएको भनी जवाफ दिने गरेको अभिभावकहरुले जानकारी गराएको हो ।
विद्यालयमा गरेको ताला तोडेको विषयमा मंगलबार प्रधानाध्यापक झालाई भेट्न जाँदा विद्यालयमा नभेटिएको अभिभावक उपेन्द्र यादवले बताए । प्रधानाध्यापक झालाई भेट्न विद्यालय पुग्यौं, यादवले भने, उनलाई नभेटेपछि शिक्षकहरुसँग बुझ्दा जनकपुर गएको भनि थाहा भयो । प्रधानाध्यापक झा कसैलाई निमित्त समेत नतोकी सधैं बाहिर रहने गरेको शिक्षकहरु बताउँछन् । विधालयको निमित्त तोकि लिखित कुनै कागतपत्र नदिएकाले आफुहरु विद्यालयको सम्बन्धमा केही जवाफ असक्षम रहेको साहायक प्रधानाध्यापक चन्द्र भुषण रायले बताए ।
यसअघि समेत विद्यालयमा शिक्षक पदपूर्तिका सूचना आह्वान दरबन्दीको विज्ञापनबारे बुझ्न पुग्दा प्रधानाध्यापक झालाई कार्यालय नभेटिएको अभिभावक हरेराम यादवले बताए । झालाई टेलिफोन गर्दा आफू विराटनगरमा छु भन्दै टाढिन खोजेपछि तालाबन्दी गर्नु बाध्य भएको उनले जानकारी दिए ।
प्रधानाध्यापक झा विद्यालयमा हाजिर बनाएर आप्mनो काममा बढी समय बिताउने गरेको उनीहरुको भनाई छ । अभिभावकद्वारा लागाएको ताला तोडिएको विषयमा बुझ्न जाँदा उनलाई विद्यालयमा नभेटिएको अभिभावकहरुले बताए । प्रधानाध्यापक गाउँमै बसेपनि विद्यालयमा उपस्थित नभई बाहिर भएको भन्दै झुक्याउने गरेको अभिभावकहरुको गुनासो छ । प्रधानाध्यापक झाले विद्यालयमा भन्दा पूजा, सरादमा पंडितको काम गर्न जाने गरेको अभिभावकहरुले आरोप लगए ।
प्रधानाध्यापक झाले आफू कामविशेषले जनकपुर गएको बताउँदै दुई तीन दिन भित्र आउने बताए । विद्यालयमा सूचना माग गर्दै अभिभावकद्वारा गत शुक्रबार प्रअको कार्यकक्षमा गरेको ताला सोमबार बल प्रयोग गरेर तोडिएको थियो ।