• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

धर्मीहल्फाद्वारा अग्निपीडित परिवारलाई राहत वितरण

धर्मीहल्फाद्वारा अग्निपीडित परिवारलाई राहत वितरण

न्यूज टुडे
राजविराज, ०३ फागुन ।
धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा मंगलबार एक अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका १ धनगढीका अग्निपीडित हरिहर प्रसाद साहको परिवारलाई राहत वितरण गरेको हो ।

क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले त्रिपाल, झुल, तन्ना, धोती, सारी, थाल, गिलास, पन्यौ, भाँडा, कन्ती लगायतका सामग्री अग्निपीडित साहलाई प्रदान गरे । राहत वितरण गर्दै समाजसेवी यादवले आफ्नो सानो सहयोग स्वीकार गरेको भन्दै धन्यवाद व्यक्त गरे । यादवले आफ्नो आमाबुवाको स्मृतिमा क्लब स्थापना गरी विपद्मा परेका र दिनदुखिहरुको सेवामा समर्पित भएको बताए । उनले अग्निपीडितलाई सहयोग गर्नु पाएमा खुशी व्यक्त समेत गरे ।

कार्यक्रममा पत्रकार बृजमान तामाङ, शुभनारायण यादव, हिमाल रेमिट्यान्सका म्यानेजर विरेन्द्र यादव लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

गत मंसिर ९ गते आगलागी हुँदा साहको घर जल्दा १५ लाखको क्षति भएको थियो ।