न्यूज टुडे
राजविराज, ०३ फागुन ।
हुलाकी राजमार्गअन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ महुकीमा सोमबार राती भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा छिन्नमस्ता गाउँपालिका ३ का २७ बर्षीय संतोष सदाको मृत्यु भएको हो ।
अर्नाहाबाट पत्थरगाडातर्फ जाँदै गरेको स.१त ६१०८ नम्बरको रड लोड गरेको ट्याक्टर अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते संतोष सदाको उपचार गर्ने क्रममा अस्पतालमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाईते छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का ट्याक्टर चालक बर्ष २९ को श्रीप्रसाद मण्डल र सोही स्थानका १८ बर्षीय युवराज सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिए ।
घाईते दुबै जनाको अबस्था सामान्य रहेको र मृतक सदाको शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाईसकिएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।