• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

तिलाठी कोईलाडी गाउँपालिकामा दुई पक्ष बीच दोहोर झडप

अध्यक्षले उक्साएर ताला तोड्न लगाएको उपाध्यक्षको आरोप
तिलाठी कोईलाडी गाउँपालिकामा दुई पक्ष बीच दोहोर झडप

न्यूज टुडे
राजविराज, ०३ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सोमबार स्थानीय दुई पक्षबीच दोहोरो झडप भएको छ । गाउँपालिकामा लगाएको ताला तोड्ने र खोल्न नदिने पक्ष बीच दोहोर झडप भएको हो ।

झड्पमा दुई पक्षबीच एक आपसमा चप्पल हानाहान भएको थियो । दुबै पक्षबीच हात हालाहाल भएपनि ठूलो चोटपटक भने नलागेको स्थानीय प्रत्यक्षदर्शिहरुले बताएका छन् । गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादवले अध्यक्ष सतिस सिंहले झडपको स्थिति सिर्जना गरेको आरोप लगाईन् ।

गाउँपालिकामा पटक–पटक सूचना माग गर्दा समेत उपलब्ध गराईएन, उपाध्यक्ष यादवले भनिन्, सूचना दिनु त परै जाओस् उल्टै कर्मचारीले होच्याउने गरेपछि गाउँपालिकामा तालाबन्दी गर्न बाध्य हुनुप¥यो । गाउँपालिका अध्यक्ष सिंह समस्या सामाधन भन्दा थप उग्र बनाउने तर्फ अग्रसर रहेको आरोप लगाउँदै उपाध्यक्ष यादवले, अध्यक्ष सिंहले जनतालाई भिडाएको बताईन् । आफुसँग कुनै सम्बाद नगरी ताला तोड्ने कुरा थाहा पाएपछि गाउँपालिका जानेक्रममा अध्यक्ष पक्षले आफुमाथि आक्रमणको प्रयास गरेको उनले बताईन् ।

अध्यक्ष पक्षले आक्रमण गर्न थालेपछि आफुसँगै रहेका केही महिलाहरु प्रतिकारमा उत्रिदा सो स्थित सिर्जना भएको उनले जानकारी दिईन् । तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस सिंहले झड्पको स्थित सिर्जना हुनुमा आफ्नो कुनै हात नरहेको प्रतिक्रिया दिए । उनले गाउँपालिकामा भएको तालाबन्दीले दैनिक कामकाज अबरुद्ध भएको भन्दै सेवाग्राहीहरुले ताला तोडेको बताए ।

राजविराजमा एक कार्यक्रममा सहभागी भएको समयमा उक्त घटना भएको जानकारी पाएको बताउँदै अध्यक्ष सिंहले मंगलबार उपाध्यक्षसहित दुबै पक्षलाई राखेर समस्याको समाधान खोजिने जानकारी दिए । उपाध्यक्ष सुचिता कुमारी यादव गाउँपालिकामा आफुलाई बाईपास गरी आर्थिक २०७७÷०७८ को परिषद् सम्पन्न गरेको भन्दै असन्तुष्ट छिन् ।

उनले आफ्नो क्षेत्र अधिकारलाई मिचेर कृते हस्ताक्षर गरिएको हुन सक्ने आशंका गरी गाउँपालिकामा निवेदन दर्ता गराएर पटक–पटक सुचना माग्दा पनि आश्वासन मात्र पाउने गरेका कारण गाउँपालिकामा चौथो पटक तालाबन्दी गरेकी थिईन् ।