• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

माध्यमिक विद्यालय बभनागामा कट्टीमा लागेको ताला खुल्यो

माध्यमिक विद्यालय बभनागामा कट्टीमा लागेको ताला खुल्यो

न्यूज टुडे
राजविराज, ०२ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित रहेको लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा लगाएको ताला सोमबार खुलेको छ । स्थानीय अभिभावकहरुद्वरा लगाईएको ताला ४ दिनपछी खोलिएको हो ।

विद्यालयमा लगाएको ताला जनप्रतिनिधि, प्रहरी, विद्यालय ब्यबस्थापन समितिको रोहवरमा दिउँसो २ बजे खोलिएको प्रधानाध्यापक विपिन झाले बताए । तालाबन्दीका कारण पठनपाठन सहितका दैनिक क्रियाकलापमा समस्या भएपछि बल प्रयोग गरेर ताला खोल्नु परेको उनले जानकारी दिए । गाउँका केही व्यक्तिहरुको उक्साहटमा ताला लगाएको थियो, प्रधानाध्यापक झाले भने, विद्यालय जस्तो स्थानमा जसलाई जे गर्नु मन पर्यौ त्यही गर्छन् ।

विद्यालयमा शिक्षक पदपूर्तिको विज्ञापानको विषयमा केही अभिभावकले सूचना माँग गरेका थिए, उनले भने, सूचना दिने आफ्नो मनसाय भएपनि एक्कासि छोरी अस्वस्थ भएकाले विधालय आउन समस्या भयो उनले थपे, सोही दिन केही ब्यक्तिले विधालयमा जबर्जस्ती तालाबन्दी गरे । शिक्षक पदपूर्तिको विज्ञापन गोप्य राखेको भन्दै गत शुक्रबार अभिभावकहरुले विद्यालयमा गएर प्रधानाध्यापकको कार्यकक्षसहितका दुईवटा कोठामा ताला लगाएका थिए ।