• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

महादेवा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण शुरु

महादेवा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण शुरु

न्यूज टुडे
राजविराज, ०२ फागुन ।
सप्तरीको महादेवा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । महादेवा गाउँपालिका वडा नम्बर १ स्थित वडा कार्यालयमा सोमबार एक कार्यक्रमका बीच परिचयपत्र वितरण कार्य शुभारम्भ गरिएको हो ।

वडा अध्यक्ष जयश्वर दासको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बीच राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरिएको थियो । कार्यक्रममा महादेवा गाउँपालिका अध्यक्ष दिपक कुमार यादव, सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम लखन यादव, पत्रकार देवनाथ यादव, माओबादी केन्द्रका यूवा नेता कृष्णादेव मण्डल, राधेश्याम यादव, समाजसेवी मो. मुस्लिम, महेन्द्र यादव, उपेन्द्र गोईत, धनराज यादव, विनोद यादवलगायतका स्थानीय बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।