• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

प्रेस मञ्च नेपाल सप्तरीद्वारा पत्रकार यादवमाथि भएको दुव्र्यवहारको निन्दा

प्रेस मञ्च नेपाल सप्तरीद्वारा पत्रकार यादवमाथि भएको दुव्र्यवहारको निन्दा

न्यूज टुडे
राजविराज, ०२ फागुन ।
प्रेस मञ्च नेपाल सप्तरीद्वारा तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष गुलाव सिंहले पत्रकार रामनाथ यादवलाई गरेको दुव्र्यवहारको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस मञ्च नेपाल सप्तरीद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा वडा अध्यक्ष गुलाव सिंहले पत्रकार यादवलाई गरेको दुव्र्यवहारको घटनाको घोर निन्दा गदै भत्सर्ना समेत गरेको छ । समाचारको विषयलाई लिएर वडा अध्यक्ष सिंहले माघ २९ गते प्रेस मञ्च नेपाल सप्तरीको कार्यसमिति सदस्य समेत रहेका पत्रकार यादवलाई गरेको दुव्र्यवहारको घटनाप्रति प्रेस मञ्च नेपाल सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ, समाचार लेखेकै कारण पत्रकारलाई दुव्र्यवहार गर्नु प्रेस स्वतन्त्रता विरोधी कदम रहेको हाम्रो ठहर छ ।

समाचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी गर्ने ठाउँ हुँदाहुँदै पत्रकारमाथि अभद्र व्यबहार गर्नु नेपालको प्रचलित नियम, कानूनविपरीत भएकोले वडा अध्यक्ष सिंहको सो कार्यको प्रेस मञ्च नेपाल सप्तरी घोर निन्दा गर्दै उक्त घटनाको भत्सर्ना गर्दछ जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । कुनैपनि व्यक्तिले अबउप्रान्त यस्तो घटना नदोहो¥याउन पनि यसै प्रेस विज्ञप्तिमार्फत सम्बन्धित सरोकारवालाहरुसँग आग्रह समेत गर्दछौं, प्रेस मंच नेपाल सप्तरीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

पत्रकार यादवले तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ स्थित रहेको लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयमा अभिभावकद्वारा तालाबन्दी शिर्षकमा न्यूज टुडे दैनिक पत्रिका र न्यूज टुडे अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । सोही विषयलाई लिएर पत्रकार यादवलाई वडा अध्यक्ष सिंहले शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै दुव्र्यवहार गरेका थिए ।

पत्रकार यादव स्नातक सकेर करिव एक दशकदेखि कम्प्याक्ट कम्युनिकेशन प्रलिद्वारा प्रकाशित न्यूज टुडे दैनिक र सत्यापन सप्ताहिक पत्रिकामा आबद्ध भई काम गरिरहेका छन् ।

पत्रकार यादवले दुव्र्यवहार गर्ने वडा अध्यक्ष सिंहलाई कानूनी बमोजिम कारवाहीको लागि नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार निवेदन समेत दर्ता गरेका छन् ।