• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीमा उपचार अभावमा मृगौलापीडित एक २२ बर्षीय यूवाको मृत्यु

सप्तरीमा उपचार अभावमा मृगौलापीडित एक २२ बर्षीय यूवाको मृत्यु

न्यूज टुडे
राजविराज, ०२ फागुन ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ का मृगौलापीडित एक २२ बर्षीय यूवकको मृत्यू भएको छ । खर्च जुटाउन नसक्दा उपचारको अभावमा आइतबार राती स्थानीय रुकेश तामाङको मृत्यु भएको हो ।

डेढ महिनादेखि सिकिस्त पीडित तामाङलाई विराटनगरस्थित विराट अस्पतालमा उपचारपछि एक साता अगाडि घर ल्याएको थियो । अस्पतालमा राखेर उपचार गर्न खर्च जुटाउनु नसक्दा चिकित्सकको सल्लाहअनुसार बेला–बेलामा अस्पताल लाने सर्तमा छोरालाई घर ल्याएको मृतकका बुवा गणेश तामाङले बताए ।

मृगौला रोगबाट मृत्यु भएका रुकेश तामाङको पार्थिक शरीरमा खादा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङसहितका अन्य ब्यक्तित्वहरु । फोटो ः न्यूज टुडे

छोरालाई एक्कसी विरामीले च्यापेपछि ४ दिन अगाडि मात्र नोबेल अस्पतालमा भर्ना गरिएको उनले बताए । छोराको मृगौलाको डाईलोसिस गर्ने क्रममा आइतबार राती साढे ९ बजे तिर मृत्यू भएको उनले जानकारी दिए । घरघरेडी सबै साहुकोमा बन्दकी राखी छोराको उपचारमा खर्च गरे, गणेशले भने, आफन्तहरुबाट पनि सहयोग लिंदा समेत पुगेन चन्दा उठाएर पनि उपचार गरे, गहभरी आँसु चुहाउँदै उनले थपे, आर्थिक अभावले सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्न नसक्दा छोराको ज्यान बचाउनु सकिन ।

सबैको साथ सहयोग र सद्भावले छोरालाई अहिलेसम्म उपचार गरेको बताउँदै उनले पछिल्लो समय पैसा सकिएकाले समयमा उपचार नहुँदा छोराले ज्यान गुमाएको भन्दै दुखेसो पोखे । मृगौलापिडित तामाङको मोहनपुरस्थित निवासमा जातीय परम्पराअनुसार अन्तिम श्रद्धाञ्जली दिई सोमबार अन्त्यष्टि गरिएको मृतक तामाङको काका राम बहादुर तामाङले बताए ।