• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

डिप्लोमा इन्जिनियर्स एशोसिएसन सप्तरीको अध्यक्षमा राजकुमार यादव

डिप्लोमा इन्जिनियर्स एशोसिएसन सप्तरीको अध्यक्षमा राजकुमार यादव

न्यूज टुडे
राजविराज, ०१ फागुन ।
डिप्लोमा इन्जिनियर्स एशोसिएसन जिल्ला कार्यसमिति सप्तरीको अध्यक्षमा राजकुमार यादव चयन भएका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) सप्तरीको शनिबार सम्पन्न छैंठो अधिबेशनबाट यादव अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा चन्दन कुमार यादव, सचिवमा रामपती साह, कोषाध्यक्षमा रविन्द्र कुमार मण्डल र सह–सचिवमा पवित्र नारायण यादव चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा सरोज यादव, बब्लु कुमार यादव, विनोद कुमार यादव, राम कुमार यादव, रविन्द्र कुमार यादव, उमेश कुमार यादव, सत्य नारायण यादव र सरोज कुमार मण्डल सर्वसम्मत चयन भएको अध्यक्ष यादवले जानकारी दिए ।

डिप्लोमा इन्जिनियर्स एशोसियसन नेपाल सप्तरीका अध्यक्ष केशव दासको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष कामेश्वर प्रसाद सिंहको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको थियो । कोशी पम्प चन्द्र नहर सिंचाई ब्यबस्थापन कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, डिनका महासचिव तथा सार्क डिप्लोमा इन्जिनियर्स फोरमका कार्यकारी सदस्य जीवन घिमिरे, अन्य केन्द्रिय पदाधिकारी, प्रदेशका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसैगरी अधिबेशनमा सहयोग गर्नेहरुलाई डिप्लोमा इन्जिनियर्स एशोसियसन नेपाल जिल्ला कार्य समिति सप्तरीद्वारा आइतबार एक प्रेस विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष राजकुमार यादव र सचिव रामपती साहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा अधिबेशनमा सहयोग गर्नुहुने नगरपालिका, गाउँपालिका, उद्योग बाणिज्य संघ, निर्माण व्यनसायी संघ, पत्रकार, कोशी पम्प चन्द्र नहर सिंचाई ब्यबस्थापन कार्यालय र जलश्रोत तथा सिंचाई विकास डिभिजनप्रति धन्यवाद एवम् कृतज्ञा प्रकट गरिएको छ ।