• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

माओवादी केन्द्र राजविराज नगरसमितिले मनायो २७ औ जनयुद्ध दिवस

माओवादी केन्द्र राजविराज नगरसमितिले मनायो २७ औ जनयुद्ध दिवस

न्यूज टुडे
राजविराज, ०१ फागुन ।
सप्तरीको राजविराजमा आइतबार २७ औं जनयुद्ध दिवस मनाईएको छ । माओबादी केन्द्र राजविराज नगर समितिद्वारा बिभिन्न कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको हो ।

पार्टीका नगर अध्यक्ष एवम् अखिल नेपाल ट्रेड यूनियन महासंघ मधेश प्रदेश सचिव केदार देवको नेतृत्वमा राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानबाट निस्किएको ¥याली नगरको बिभिन्न भाग परिक्रमा गरी गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

गजेन्द्र चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै माओबादी केन्द्रका नेताकार्यकर्ताहरु । फोटो ः न्यूज टुडे

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले महान् जनयुद्धका क्रममा शहादत प्राप्त सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धा र अपांग घाईतेहरुप्रति सम्मान प्रकट गर्दै जनयुद्धको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र सप्तरीका सदस्य तथा नगर ईन्चार्ज भानालाल यादव, ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष रामचन्द्र यादव, वाईसीएल नेपालका राजविराज नगर अध्यक्ष संजय कुमार यादव, पार्टीका नगर उपाध्यक्ष गंगाराम खडगालगायतका नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

यसअघि नेकपा माओवादी– जिन्दावाद, वीर सहिद– लाल सलाम, महान जनयुद्ध– जिन्दावाद, २७ औं महान जनयुद्ध– सफल पारौ, अध्यक्ष कमरेड प्रचण्ड– जिन्दावाद लगायतका नारा लगाउँदै झाँकीसहित नगर परिक्रमा गरिएको थियो ।

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिकामा २७ औं जनयुद्ध दिवसको अबसरमा दीप प्रज्वलन गर्दै माओबादी नेताकार्यकर्ता । फोटो ः न्यूज टुडे

यसैगरी जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र अग्निसाईर कृष्णासवरन गाउँपालिकाले गाउँपालिका अगाडि दीप प्रज्वलन गरेका छन् । माओवादी केन्द्र गाउँपालिका अध्यक्ष वेचन प्रसाद चौधरीको नेतृत्वमा रहेको कार्यक्रममा पूर्व विधायक असर्फी सदा, कपिल सरदार, रामलाल सरदार, वेचन प्रसाद मण्डललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।