न्यूज टुडे
राजविराज, ०१ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मा आइतबार विप्लव नेतृत्वको नेकपा परित्याग गरी सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रदेश गरेका छन् । नेकपाका जिल्ला सदस्य उदय मण्डलको नेतृत्वमा दुई दर्जन भन्दा बढी नेताकार्यकर्ता डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रदेश गरेका हुन् ।

जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष ऋषिकेश ठाकुरको अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बविता ईसरले नवप्रवेशी नेताकार्यकर्तालाई फुलमाला टीका र सदस्यता प्रदान गरी पार्टी प्रवेश गराईन् ।
कार्यक्रम बोल्दै नवप्रबेशी मण्डलले विप्लवको पार्टीमा चरम बर्गिय विभेद रहेकोले नेकपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको बताए । २०७४ सालदेखि निरन्तर पार्टीमा काम गर्दै आएको बताउँदै उनले विप्लव नेतृत्वको पार्टीमा बसेर सदियौंदेखि बिभेदमा परेको बर्गको मुक्ति हुने सम्भावना नरहेकोले जनमत पार्टीमा प्रवेश गरेको बताए ।
आफुसँगै यूवा संगठन तथा बिभिन्न तहतप्कामा रहेका २५ जना भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको मण्डलले जानकारी दिए ।