• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

समाचारको विषयलाई लिएर वडा अध्यक्ष सिंहले न्यूज टुडेकर्मी यादवमाथि दुव्र्यवहार

समाचारको विषयलाई लिएर वडा अध्यक्ष सिंहले न्यूज टुडेकर्मी यादवमाथि दुव्र्यवहार

न्यूज टुडे
राजविराज, ०१ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुलाव सिंहले समाचारको विषयलाई लिएर न्युज टुडेकर्मी रामनाथ यादवलाई दुव्र्यवहार गरेका छन् । माध्यमिक विद्यालय बभनागामा कट्टीमा अभिभावकद्वारा तालाबन्दी गरेको समाचार न्युज टुडे दैनिकमा प्रकाशित गरेको भन्दै वडा अध्यक्ष सिंहले पत्रकार यादवलाई दुव्र्यवहार गरेका हुन् ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ निवासी पत्रकार यादवले घर जाने क्रममा बाटोमा वडा अध्यक्ष यादवले आफुलाई दुव्र्यवहार गरेको आरोप लगाए । पत्रिकाको काम सकेर घरजाँदै थिए, पत्रकार यादवले भने, बाटोमा वडा अध्यक्ष ज्यूसँग भेट भयो, पहिले–पहिले जस्तै नमस्ते वडा अध्यक्ष ज्यू भन्दै गोजिमा भएको पत्रिका दिए, उनले थपे, म केहि डेग अघि सारेको थिए अध्यक्षले तथानाम बोल्दै एसएलसी पढेर पत्रकार बन्ने दुईचार जनाले विद्यालयमा लगाएको तालाबन्दी गरेको समाचार किन लेखिस् भन्ने जस्ता होच्याउने शब्द प्रयोग गर्न थाले ।

आफु स्नातक सकेर पत्रकारिता क्षेत्रमा लागेको बताउँदै पत्रकार यादवले समाचारको विषयलाई लिएर आफ्नो योग्यतामाथि प्रश्न उठाउने र अभद्र व्यबहार गर्ने वडा अध्यक्षलाई कारबाहीको माग गरे । माघ २३ गते सरस्वती पूजाको दिन चोरबाटोबाट १३ जना शिक्षक पदपूर्तिको विज्ञापन निकालेको आक्रोशमा अभिभावकहरुले विद्यालयमा शुक्रबार तालाबन्दी गरेको थिए । तालाबन्दीको समाचार पत्रकार यादवले न्यूज टुडे पत्रिका र न्यूज टुडे अनलाइनमा सम्प्रेषण गरेका थिए । समाचार प्रकाशित भएपछि वडा अध्यक्ष सिंहले शनिबार होच्याउने शब्द प्रयोग गर्दै अभद्र व्यबहार गरेको पत्रकार यादवले जानकारी दिए ।

विद्यालयले गोप्य तरिकाले १३ जनाको शिक्षक पदपूर्तिको विज्ञापन निकालेको सुचनाबारे बुझ्न जाँदा प्रधानाध्यापक बिपिन झाले सो बारे आफुलाई जानकारी नभएकोले गाउँपालिकासँग बुझ्नु भन्दै पन्छिएको अभिभावकहरु बताउँछन् । सोहीबारे तिलाठी कोईलाडी गाउँपालिकाका शिक्षा शाखामा बुझ्दा २३ गते स्थानीय पत्रिकामा सुचना प्रकाशित गरिसकिएको भन्ने जवाफ पाएको उनीहरुले बताए ।

पत्रिकामा सूचना प्रकाशित नगरेको थाहा पाएपछि अभिभावकहरुले विद्यालयमा तालाबन्दी लगाएको बताए । विज्ञापन गोप्य राखिएको भनी अभिभावकहरु विरोधमा उत्रिएसँगै चौतर्फी आलोचना हुन थालेपछि गाउँपालिका शिक्षा शाखा प्रमुख राजेश झाले २६ गतेको एक स्थानीय पत्रिकाका प्रकाशित भएको विज्ञापन माघ २८ गते आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए ।

आफुले पत्रकार यादवलाई कुनै दुव्र्यवहार नगरेको अध्यक्ष सिंहले दावी गरेका छन् । यादवसँगको सम्बादमा पत्रकारले विद्यालयमा ताला लगाउनु मिल्छ मात्र भनेको बताउँदै उनले त्यो भन्दा थप कुनै कुरो नभएको बताए ।