• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

जनता समाजवादी पार्टी कंचनरुप वडा नम्बर १२ को अध्यक्षमा श्रेष्ठ

जनता समाजवादी पार्टी कंचनरुप वडा नम्बर १२ को अध्यक्षमा श्रेष्ठ

न्यूज टुडे
राजविराज, २७ माघ ।
जनता समाजवादी पार्टी नेपाल कंचनरुप नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा बम बहादुर श्रेष्ठ चयन भएको छ । जनता समाजवादी पार्टी नेपाल कंचनरुप नगरपालिकाद्वारा रुपनगरमा शुक्रबार आयोजित एक भेलाले श्रेष्ठको नेतृत्वमा २१ सदस्य वडा समिति गठन गरेको हो ।

गठित समितिको उपाध्यक्षमा फुलमाया भुजेल, सचिवमा मिश्र पौडेल, सह–सचिवमा मो. जाकिर र कोषाध्यक्ष ईश्वरी विक चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा वासिर जाकिर, रम्भादेवी सदा, शिव कुमार राम, बैजानाथी विक, दुर्गा धिमाल, तेतरी देवी मण्डल, दुलारी देवी कामैत, भोलवी देवी राम, पार्वती देवी राम, लागेन सदा, रामकिसुन खत्वे, डम्बर कुमार लम्साल, रुपेश सदा, गुनदेव सदा, वासिर मोहमद र सविता चौधरी रहेका छन् ।