• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

जनता समाजवादी मात्र पूर्ण समाबेशी पार्टी हो ः साँसद डा.यादव

जनता समाजवादी मात्र पूर्ण समाबेशी पार्टी हो ः साँसद डा.यादव

न्यूज टुडे
राजविराज, २७ माघ ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का संघीय साँसद डा. सुर्य नारायण यादवले जनता समाजवादी पार्टी मात्र पूर्ण समाबेशी पार्टी भएको दाबी गरेका छन् । सप्तरीको कंचनरुप नगरपालिका १२ स्थित रुपनगरमा शुक्रबार जसपा नगर समितिद्वारा आयोजित संगठन सुदृढीकरण तथा जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जसपा कंचनरुप नगरपालिकाद्वारा आयोजित सुज अभियानमा उपस्थित प्रमुख अतिथी साँसद डा. यादवसहित अतिथिहरु । फोटो ः न्यूज टुडे

कार्यक्रममा बोल्दै साँसद यादवले जनता समाजवादी पार्टी उत्पीडित समुदाय र बर्गको अधिकार सुनिश्चित गर्ने पार्टी भएको बताए । जनता समाजवादी पार्टी मात्र सबैको हक अधिकारका लागि संघर्ष गर्ने पार्टी हो, साँसद यादले भने, जसपा सम्पूर्ण जाती समुदायलाई प्रतिनिधित्व गराउने सबैभन्दा समाबेशी छ । साँसद यादवले एमाले, काँग्रेस, माओवादी व्यपारी र धनाढ्यहरुको पार्टी भएको भन्दै उनीहरुले पैसाको बलमा चुनावमा टिकट बाड्ने गरेको आरोप लगाए । पहिचान अधिकार, प्रतिनिधित्व र विकासका लागि जनता समाजवादी पार्टीको स्थापना भएको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि यादवले आगामी हुने स्थानीय तहको चुनावमा जसपाको उम्मेदवारलाई भारी मतले विजयी गराउन आग्रह गरे । उनले शोषित पीडित विभेदमा र भेदभावमा पारिएका समुदायलाई सम्मान अधिकारका लागि जनता समाजवादी पार्टीमा गोलबद्व हुनुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टी कंचनरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी सप्तरीका कोषाध्यक्ष बृजमान तामाङ, जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर यादव, पिछडावर्ग ओबिसी महासंघ नेपालका केन्द्रिय सदस्य भरत प्रसाद महतो, जसपा नेता भोला पासवान, दक्ष नारायण श्रेष्ठ, जसपा कंचनरुप नगरपालिकाका उपाध्यक्ष कल्पना चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

जनता समाजवादी पार्टीका जिल्ला सदस्य चित्तरंजन यादवद्वारा संचालित कार्यक्रममा स्वागत जसपा स्थानीय नेता बम बहादुर श्रेष्ठले गरे ।