• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

समाजका विद्यमान हानिकारक प्रथालाई संरक्षण गर्नेतर्फ महिला बढी जिम्मेवार ः प्रभाकर

समाजका विद्यमान हानिकारक प्रथालाई संरक्षण गर्नेतर्फ महिला बढी जिम्मेवार ः प्रभाकर

न्यूज टुडे
राजविराज, २६ माघ ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले समाजमा विद्यमान हानिकारक प्रथालाई संरक्षण गर्न पुरुष भन्दा महिला बढी जिम्मेवार रहेको बताएका छन् । इन्सेक सप्तरीको समन्वय तथा राष्ट्रिय महिला आयोग काठमाडौंद्वारा राजविराजमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्षताको आसनबाट बोल्दै राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरे । फोटो ः न्यूज टुडे

समाजमा विद्यमान हानिकारक अभ्यासहरुका प्रथाहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख यादवले बालविवाह, दाईजो, तिलक, बोक्सीको आरोप जस्ता प्रथाहरुको संरक्षणमा पुरुष भन्दा महिला बढी जिम्मेवार रहेको बताए । समाजिक रुपान्तरणको बाधक प्रथाजन्य कानुन पनि एक हो, प्रमुख यादवले भने, यस्ता प्रथाले महिला बढी प्रताडित हुने गरेको छ, उनले थपे, हाम्रो सामाजमा विद्यमान हानिकारक कुप्रथाको संरक्षणमा पुरुष भन्दा महिला नै बढी जिम्मेवार पनि छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम । फोटो ः न्यूज टुडे

वालविवाह, दाइजो, तिलक लिनुपर्छ भनी प्रोत्साहन गर्ने र बोक्सीको आरोप लगाउने पुरुषको तुलनामा महिला नै अग्रसर हुने गरेको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि यादवले समाजको विद्यमान हानिकारक सामाजिक मूल्य मान्यता र प्रथाजन्य कुसंस्कारलाई न्यूनीकरण गर्न सबैले सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मन्तव्य व्यक्त गर्दै प्रदेश आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव । फोटो ः न्यूज टुडे

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सामाजिक कुप्रथालाई निरुत्साहित गर्ने धेरै ऐन कानुन बनेको बताए । कानुनले महिला पुरुषको बीचमा समानता कायम गरेतापनि ब्यबाहारिक विभेद अझै हट्न नसकेको उनले बताए । उनले समजमा विद्यमान प्रथाजन्य कानुनले महिला हिंसा बढाउन जिम्मेवार महिला–पुरुष बीच एक आपसमा आरोप प्रत्यारोप लगाउने कार्य अन्त गर्दै कानुन कार्यान्वयनमा सबैको प्रयास र सहयोगको आबश्यकता औलाए ।

कार्यपत्र प्रस्तुत गर्दै ईन्सेक प्रतिनिधि मनोहर पोखरेल । फोटो ः न्यूज टुडे

गौतमले समाजका लागि लाभदायक प्रथाहरुको जगेर्ना गर्नुपर्नेमा जोड दिदै हानिकारक गर्ने संस्कार र प्रथालाई हटाउनु पर्ने बताए । प्रदेश आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले समाजमा रहेको ब्याप्त हानिकारक प्रथालाई निर्मूल पार्न छोरीहरुलाई शिक्षामा अगाडि बढाउनु पर्नेमा जोड दिए । महिलाहरूलाई सरकारी निकायमा ५० प्रतिशत प्रतिनिधित्वको ग्यारेन्टीसहितको अबसर दिएकोप्रति मधेश सरकारको प्रशंसा गर्दै यादवले यसले महिलालाई आत्मानिर्भर बनाउने सुनिश्चित भएकोले मधेशका जिल्लाहरुमा परम्पराको नाममा महिलामाथि हुने हिंसा अन्य हुने विश्वास व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रमको पानसमा बत्ति बालेर उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रभाकर यादव । फोटो ः न्यूज टुडे

राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका उप–प्रमुख साधाना झा, सप्तरी जिल्ला बार एसोसिएसन राजविराजका अध्यक्ष डोमन साह, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अबधेश झा, गैरसरकारी संस्था महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष बलदेव मण्डल, नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, नागरिक समाज सप्तरीका अध्यक्ष थान सिंह भन्साली, संचार यात्रा नेपालका अध्यक्ष करुणा झा, अनेमा संघ सप्तरीकी अध्यक्ष ममता चौधरी, मैथिली साहित्य परिषद्की प्रतिमा देव, सहयोगी समाजका रामप्रसाद चौधरी, अधिकारकर्मी नरेन्द्र नारायण साहु, अधिबक्ताहरु मिना कुमारी देव, अरविन्द्र चौधरी, पत्रकारहरु सुधा देव, दिनानाथ यादव, बौद्धिक अपांग र अभिभावक संघका अध्यक्ष जगदीश प्रसाद अर्याललगायतकाले सामाजिक कुप्रथाले समाजमा ल्याएको बेतिथिबारे आ–आफ्नो विचार व्यक्त गरे ।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित कार्यक्रममा मञ्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो ः न्यूज टुडे

ईन्सेक प्रतिनिधि मनोहर पोखरेलले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रमको संचालन महिला आयोगकी देवी पंडितले गरेकी थिईन् भने स्वागत ईन्सेक सदस्य बैधनाथ झाले गरे । सप्तरीका १८ वटै पालिकाका उप–प्रमुख÷ उपाध्यक्षहरु, महिला अधिकारकर्मी, अधिकारबादी बिभिन्न संघसंस्थाका प्रतिनिधि र अधिकारकर्मी सहभागी कार्यक्रममा हिंसाविरुद्धको साझा प्रतिबद्धताको ब्यानरमा सहभागीहरुले हस्ताक्षर गरेर प्रतिवद्धता जनाएका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । फोटो ः न्यूज टुडे