• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरी नेपाल परिवार दलद्वारा १ सय २५ परिवारलाई ब्ल्यांकेट वितरण

सप्तरी नेपाल परिवार दलद्वारा १ सय २५ परिवारलाई ब्ल्यांकेट वितरण

न्यूज टुडे
राजविराज, २६ माघ ।
सप्तरीको राजविराज नगरपालिका ३ स्थित पोखरेल टोलमा मंगलबार १ सय २५ जना ठण्डीपीडित परिवारलाई ब्ल्यांकेट वितरण गरिएको छ । चुजी फाउन्डेसनको सहयोगमा नेपाल परिवार दल जिल्ला समवन्य समिति सप्तरीले ठण्डीपीडित परिवारलाई ब्ल्यांकेट वितरण गरेको हो ।

नेपाल परिवार दल सप्तरीका अध्यक्ष बब्लु खानले ठण्डीपीडित अत्तिविपन्न जेष्ठ नागरिक, एकल महिला, अपांग भएका ब्यक्तिहरुलाई १÷१ वटा ब्ल्यांकेट प्रदान गरे । ब्ल्यांकेट वितरण गर्दै अध्यक्ष खानले ठण्डीबाट प्रभावित ब्यक्तिहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले ठण्डीपीडितहरुलाई सहयोग उपलब्ध गराएकोमा चुजी फाउन्डेसनलाई धन्यवाद समेत व्यक्त गरे ।

खानले हावासँगै परेको पानीले बढेको ठण्डीबाट कष्ट खेपिरहेका परिवारलाई जोगाउने उद्देश्यले ब्ल्यांकेट वितरण गरिएको बताए । ब्ल्यांकेट वितरण कार्यक्रममा नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष पुरेन्द्र दास, उपाध्यक्ष सिकिन्द्र खान, सचिव मनोज दास, सह–सचिव प्रमेश्वर यादव, कोषाध्यक्ष रोहिसा खातुन, सह–कोषाध्यक्ष ललन कुमार राय समेतको उपस्थिति रहेको थियो ।

यसैगरी नेपाल परिवार दलका सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष कृष्णा फँुयाल, २ का शिवप्रसाद मण्डल, ३ का मनोज यादव, ४ का पुलकित चौधरीलगायतका नेपाल परिवार दलका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका १८ वटै स्थानीय तहहरुहरुका अतिबिपन्न परिवार, जेष्ठ नागरिक, एकल महिला र शारीरिक रुपले असक्त १ सय २५ जनालाई ब्ल्यांकेट वितरण गरिएको थियो ।