न्यूज टुडे
राजविराज, २५ माघ ।
नेपाल आदिबासी जनजाति महासंघ मधेश प्रदेश समवन्य परिषद्को अध्यक्षमा मनोज सिंह दनुवार चयन भएको छ । जनकपुरमा मंगलबार नेपाल आदिबासी जनजाति महासंघ मधेश प्रदेशको सम्पन्न प्रथम अधिबेशनले दनुवाको नेतृत्वमा ३१ सदस्य मधेश प्रदेश समवन्य परिषद् गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षहरुमा कमल बहादुर पिठाकोटे मगर, दिल कुमारी चौधरी, भुवन राई, जमुना भुजेल, मोहन बहादुर माझी चयन भएका छन् । यसैगरी समितिको मुख्य सचिवमा दुर्गाहरी ग्यावा तामाङ, सचिवमा छोईसल घ्लान तामाङ, विजय रंजितकार, तारा सुनुवार, बलिराम चौधरी थारु, दिपु बोट चयन भएका छन् ।
सदस्यहरुमा पदम कुमारी राना मगर, धर्मेन्द्र कुसबडिया, रविन्द्र लाल उराँव, मनुमाया मोक्तान तामाङ, सुनिता कुमारी सिंह दनुवार, जीवन भुजेल सपना राई, रुद्र बुर्जा मगर रहेका छन् । पदेन सदस्यहरुमा सप्तरी जिल्ला अध्यक्ष बृजमान तामाङ, सिराहा अध्यक्ष डेनोक मोक्तान तामाङ, महोत्तरी सन्तराज तामाङ, सर्लाही बुद्धि बहादुर सुनुवार, रौतहटबाट नरेन्द्र राना मगर, बाराबाट रामदास धजु नेवार र पर्साबाट सोम लामा तामाङ चयन भएको निर्वाचन मण्डलका संयोजक गोविन्द छन्त्यालले जानकारी दिए ।
नव गठित समितिलाई नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले सपथग्रहण गराएका छन् । निर्वाचन मण्डल सदस्यहरुमा अर्जुन योन्जन तामाङ र रोजलिन बछार थारु रहेका थिए ।