• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

प्रदेश कृषि विश्वविद्यालय अध्यादेश साँसदबाट पारित

प्रदेश कृषि विश्वविद्यालय अध्यादेश साँसदबाट पारित

न्यूज टुडे
राजविराज, ०८ पुस ।
प्रदेश २ सरकारद्वारा प्रदेश सभामा पेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ बिहीबार पारित भएको छ । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहद्वारा सभामा निर्णयार्थ पेश भएको उक्त अध्यादेश प्रदेश सभाबाट पारित भएको हो । अध्यादेश विरुद्ध लोसपा बाहेक अन्य दलले समर्थन जनाएपछि प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको प्रदेश नं. २ का उपसभामुख उपमा देवले जानकारी गराईन् ।

अध्यादेश पारित भएसँगै राजविराजस्थित प्रदेश कृषि विश्वविद्यालयले बैधानिकता प्राप्त गरेको छ । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापनाका लागि मंसिर २७ गते एक भब्य समारोहका बीच कार्यालय उद्घाटन गरिएको थियोे ।्

उक्त कार्यालयको पूर्व उपप्रधानमन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र २ का साँसद जसपा अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालवाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।