न्यूज टुडे
राजविराज, ०२ पुस ।
सप्तरीमा प्रहरीद्वारा अबैध गाँजा फडानी गरी नष्ट गर्ने अभियानलाई तिब्रता दिएका छन् । सप्तरी प्रहरी प्रमुखको रुपमा एसपी अविनारायण काफ्ले आएसँगै अबैध गाँजा फडानी अभियान तीब्र पारिएको हो ।

अभियानअन्तर्गत सप्तरी प्रहरीको समन्वयमा मातहतका ईलाका प्रहरी कार्यालयहरुबाट खटिएका टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मंसिर १ गतेदेखि शुरु गरिएको अबैध गाँजा फडानी अभियान अन्तर्गत २९ गते सम्मको एक महिने अबधिमा पाँच हजार भन्दा बढी अबैध गाँजा फडानी गरि नष्ट गरेको सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

लागुऔषध प्रयोगकर्ताहरु बढ्दै गएको भनी जनगुनासो आएपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको एसपी काफ्लेले बताए । सप्तरीमा ब्याबसायिक रुपमा गाँजा खेती नगरिएपनि लुकिछिपी करेसा बारीमा ठूलो संख्यामा गाँजाको बोट लगाएको भेटिएको एसपी काफ्लेले जानकारी दिए ।
गाँजा नियन्त्रणका साथै लागुऔषध प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले अभियानलाई थालिएको एसपी काफ्लेले बताए ।