न्यूज टुडे
राजबिराज, २४ असोज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ घोंघिदाहामा जनचेतना ४० औ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिद्वारा संचालित फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा महुली ११ क्ल्व भवानीपुर सप्तरी बिजयी भएको छ । बसाहा फुटबल टिम उदयपुरलाई ० को विरुद्ध ३ गोलले पराजित गर्दै सप्तरी बिजयी भएको हो ।
७० मिनेटको निर्धारित समय अबधिमा महुली ११ सप्तरीले लगातार ३ गोल प्रहार गरेपनि बसाहा उदयपुरले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । सोमबारको खेल बिराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग र रामधुनी युवा क्लव धनुषा बीच हुने आयोजक समितिका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए ।