Top_Header_Right_Add

जस लिन होड

जस लिन होड

राजविराज नगरपालिकाको बिरौलमा निर्माण हुने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास हालै सम्पन्न भएको छ । प्रतिष्ठानका लागि दिने भनिएको जग्गासम्बन्धि फाइल मन्त्रालयमै रोकिएका कारणले निर्माण कार्य अघि बढ्न सकिरहेको थिएन । तर केही दिन अघि उक्त काम पनि भएपछि प्रघानमन्त्रीबाट भच्र्यूअल माध्यमबाट शिलान्यास गरिएपछि अब जिल्लावासीले गरेको मेडिकल कलेज स्थापनाको अपेक्षा पूरा हुने विश्वास बढेको छ ।

प्रतिष्ठानको शिलान्याससँगै अहिले यसको जस लिनका लागि पनि तँछाड मछाड चल्न थालेको देखिंदैछ । खासगरी सामाजिक सञ्जालहरुमा यस विषयमा बढी उठान हुन थालेको छ । प्रतिष्ठानको शिलान्यासका चरणमै यसरी जसको लागि होडवाजी गर्नुभन्दा पनि पहिला सबैको ऐक्यवद्धता र सामुहिक पहल, प्रयासबाट यो कामले पूर्णता पाउन सकोस् भन्ने भन्ने एकमात्र धेय लिएर अघि बढ्नु अहिलेको आवश्यकता हो ।

शिलान्यास भए पनि प्रतिष्ठानको भवन निर्माणको डिपिआर समेत तयार भई नसकेको अवस्था छ । यस दृष्टिबाट अहिले धेरै काम गर्न बाँकी नै छ । यो कामले पूर्णता प्राप्त भएमा यसबाट समग्र सप्तरीको प्रतिष्ठामा बृद्धिका साथै विकासमा पनि टेवा पुग्ने निश्चित छ ।

सप्तरीमा मेडिकल कलेज स्थापना होस् भन्ने समग्र जिल्लावासीकै चाहना रहेकोमा शंका छैन । यस दृष्टिकोणबाट यो काम सफल हुँदा सबै बधाईका पात्र हुनेछन् । प्रतिष्ठान स्थापनामा क–कसले के–के भूमिका गरे भन्ने कुरा पनि सप्तरीवासी जनताबाट लुकेपिछपेको विषय होइन ।

त्यसैले अहिले नै यसको जस लिने हतारो भन्दा पनि समयमा गुणस्तरीय काम हुन सकोस् भन्नेमा चासो राख्नु सान्दर्भिक हुनेछ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer