बिरेन्द्र बजार ।
सरस्वती माता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कठौनाको दशौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बबिता चौधरीको अध्यक्षता तथा समाजसेवी धर्मेन्द्र मण्डलको प्रमुख आतिथ्यमा एक समारोहका बीच साधारण सभा सम्पन्न भएको हो ।
आदिवासी जनजाती महासंघ सप्तरीको सभाहल कठौनामा आयोजित साधारणसभामा प्रमुख अतिथि मण्डल, आदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, जिल्ला बचत तथा ऋण सहकारी संघ सप्तरीका कोषाध्यक्ष चेत नारायण मेहता, नेपाली काँग्रेसका यूवा नेता सचेन्द्र प्रसाद चौधरी, बिष्णुदेव चौधरी, महेन्द्र चौधरी, शेयर सदस्य रम्भा चौधरीलगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।
संस्थाका लेखा समिति संयोजक संगिता चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सचिब सबिता सुन्दासले गरिन् । सभामा संस्थाका प्रबन्धक बिणादेबी चौधरीले २७ लाख, ४८ हजार ५ सय ७३ रुपैयाँको आय–ब्यायसहितको लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरिन् भने कोषाध्यक्ष सरिता चौधरीले शेयर लाभान्स प्रतिबेदन प्रस्तुत गरेकी थिईन् । उक्त संस्थामा १ सय ५० जना महिला शेयरधनी रहेका छन् ।

यसैगरी हाम्रो कृषि सहकारी संस्था बिरेन्द्र बजारको सातौं बार्षिक साधारणसभा शनिबार एक समारोहका बीच सम्पन्न भएको छ । रुपनी गाउँपालिका ६ नम्बर वडा कार्यालयमा आयोजित साधारणसभामा सचिब शैलेन्द्र प्रसाद यादवले संतुलन परीक्षण प्रतिबेदन प्रस्तुत गरे ।
संस्थाका अध्यक्ष रामशरण मेहताको अध्यक्षता तथा वडा सदस्य बेचन प्रसाद साहको प्रमुख आतिथ्यमा आयोजित बार्षिक साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष चेत नारायण मेहताले स्थानीय सरकारको सहकारी प्रतिको गलत रबैयाले सहकारी संस्थाको अबस्था धारासायी हुँदै गएको बताए । उनले सहकारी संस्थाको प्रगतिको लागि स्थानीय सरकारले कन्जुस्याइँ नगरी सहकारी ऐना ल्याउनु आबश्यक रहेको बताए ।
पत्रकार बृजमान तामाङले सहकारी संस्थाले स्थानीय बिकास र समाजिक रुपान्तरणमा टेवा पुगेको बताए । उनले स्थानीय सरकारले सहकारीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा सदस्य पुष्पा श्रेष्ठ लौगी, पृथ्वीराज दास, ओमप्रकाश मेतता, सत्य नारायण मेहता, गिरधर मेहता, श्याम कुमार चौधरी, देव नारायण साह, कैलाश लौगी, जय नारायण यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका शेयरधनी सुशील चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सूर्यनारायण मेहताले गरे । साभार ः सत्यापन