बृजमान तामाङ्ग
बिरेन्द्र्र बजार, २३ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध आन्दोलनको तयारी गर्दै जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को भेला सम्पन्न भएको छ ।
सप्तरीको तिलाठी–कोईलाडीस्थिति जिरिया हटियामा बिहीबार आयोजित क्षेत्र स्तरीय भेलाले आगामी आन्दोलनको तयारी गर्दै सम्पन्न भएको हो ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष एबम तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित भेलाको प्रमुख अतिथि बिनोद सिंह रहेका थिए । भेलामा केन्द्रिय सदस्य शैलेश चौधरी, दिपेन्द्र चौधरी, मुरली सिंह, अशोक यादवको उपस्थित रहेको थियो ।
यसैगरी प्रदेश सदस्यहरु सत्य नारायण यादव, भीम बहादुर तामाङ, अमृत साफी, जिल्ला अध्यक्ष केदार यादव, अमरनाथ मण्डल, उपाध्यक्ष निरज मुक्तिलगायतका निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका बिभिन्न गाउँ तथा नगरपालिकाका अध्यक्षसहित नेताकार्यकर्ताहरुको उपस्थित रहेको जनाएको छ ।
भेलाले प्रधानमन्त्री केपि ओलिको प्रतिगामी कदम विरुद्ध वडास्तरमा भेला तथा जनजागरण गर्ने लगायतका आन्दोलनका कठोर कार्यक्रम तय गर्न जनपरिचालन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिए ।