• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जसपाद्वा कंचनपुरमा मशाल जुलुस प्रदर्शन

जसपाद्वा कंचनपुरमा मशाल जुलुस प्रदर्शन

बिरेन्द्र बजार, २१ पुस ।
जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ द्वारा मंगलबार कंचनपुरमा मशाल जुलुस प्रदर्शन गरेका छन् । पार्टीका संघीय परिषद सदस्य एबम पूर्व साँसद लक्ष्मी चौधरीको नेतृत्वमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै मशाल जुलुस प्रदर्शन गरेको हो ।

स्थानीय अन्नपूर्ण क्याम्पसबाट निस्किएको मसाल जुलुसमा प्रधानमन्त्री केपि ओलि र राष्ट्रपति बिधादेवी भण्डारी विरुद्ध चर्को नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए । केपि ओलि मुर्दाबाद, बिधादेवी मुर्दाबाद, प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम फिर्ता गर । सबै देश बासिको एउटै स्वर, केपि बिधा देश छोड, संबिधान मिच्न पाईदैन, राष्ट्रघाती प्रधानमन्त्री र राष्ट्रपति चाहिदैन, माननीय रेशम चौधरी लगायतका राजबन्दी बिरुद्व लगाएको झुटामुद्वा खारेज गर, साँसद रेशम चौधरीलाई रिहाई गर भन्दै जसपा नेताकार्यकर्ता मशाल हातमा बोकेर सडकमा उत्रिएका थिए ।

मशाल जुलुसपछी भएको कोणसभामा बोल्दै नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताए । बक्ताहरुले प्रधानमन्त्री ओलिको प्रतिगामी कदम विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । ओलिले राष्ट्रघाती कदम चालेर जनता भिडाउन खोजेको आरोप लगाउदै बक्ताहरुले प्रधानमन्त्री ओलिको अभिष्ट सफल हुन नदिने बताए । नेताहरुले शान्तिपूर्ण रुपले माग सम्बोधन नभए ओलिको निरकुश कदम विरुद्ध थप शसक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कन्चनरुप नगपालिकाका नगर संयोजक रामदेव मण्डलको अध्यक्षतामा आयोजित कोण सभामा पुर्व साँसद एबम जसपा नेत्री लक्षमि चौधरी, जसपाका केन्द्रिय सदस्य कल्पना चौधरी, अर्का केन्द्रिय सदस्य श्याम सरदार, संघीय परिषद् सदस्य गुणानन्द चौधरी, जिल्ला सदस्य बृजमान तामाङ, कंचनरुप नपाका संयोजक सुदम्बर यादव, सप्तकोशी नपाका अध्यक्ष राम कुमार यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका संयोजक सत्यनारायण चौधरी, वरिष्ठ उपाध्यक्ष दिनेश कुमार साहलगायतकाले सम्बोधन गरे ।

कार्यक्रमको संचालन कंचनरुप नगरपालिकाका सचिब चित्तरंजन यादवले गरेका थिए । गत पुस ५ गते प्रधानमन्त्री केपिशर्मा ओलिको सिफारिसमा राष्ट्रपति बिधादेबी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आगमी बैशाख १७ र २७ गते गरि दुई चरनमा निर्वाचन गर्ने घोषणा गरेका थिए । संबिधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा जसपा, काँग्रेस, नेकपा प्रचण्ड– नेपाल समूह सहितका दलहरू आन्दोलनरत छन् ।