बृजमान तामाङ्ग
बिरेन्द्र बजार, २० पुस ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवलाई मातृशोक परेको छ । यादवको ७४ बर्षकी आमा बिन्दा देबी यादवको सोमबार निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित प्रमुख प्रशासकीय अधिकृत यादवको आमाको सोमबार बिहान १०ः३० बजे घरैमा निधन भएको परिवारिक श्रोतले जनाएको छ । यादव डेढ बर्षदेखि गलबलाडर (पेटको) क्यान्सर रोगबाट पीडित रहेका स्वर्गीय यादवका पति खखन यादवले जानकारी गराए ।
स्वर्गीय यादवलाई बिभिन्न उच्च पदस्थमा रहेको ब्याक्तिहरुले अन्तिम श्रद्धाञ्जली दिएपछि सोमबार जातीय परम्परा अनुसार गाउँमै अन्त्यष्टि गरिएको जनाएको छ । स्वर्गीय यादवलाई अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष प्रशुराम चौधरीले, राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति चौधरी, ३ का अरुण कुमार चौधरी, ४ का तेज नारायण यादव, ५ का श्रीप्रसाद यादव, गाउँपालिकाका कर्मचारीहरुले श्रद्धाञ्जली दिएका थिए ।
स्वर्गीय यादवको ४ छोरा र ४ छोरी छन् । प्रमुख प्रशासकीय अधिकृत यादव कान्छो छोरा हुन् ।
यसैगरी अग्निसाईर कृष्णासवरन गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत यादवको स्वर्गीय आमाको दिबंगत आत्माको चिरशान्तिको कामाना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारजनप्रति सम्बेदना व्यक्त गरेको छ ।