बिरेन्द्र बजार, १६ पुस ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको सुदनवती, फुलमन्ती, देविलाल जनता माध्यमिक बिधालय सितापुर भुर्कीको बिधालय ब्यबस्थापन समितिको अध्यक्षमा कुशेश्वर प्रसाद चौधरी चयन भएको छ । बिधालयमा बिहीबार आयोजित अभिभावक भेलाले चौधरीलाई आगामी ४ बर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
बिधालय ब्यबस्थापन समिति गठनका लागि बिधालयद्वारा आयोजित अभिभावक भेलामा २ जनाले अध्यक्षमा नामवली दिएका थिए । अर्का अध्यक्षमा प्रत्यासी भिखन चौधरीले कुशेश्वर प्रसाद चलागीलाई समर्थन गरेपछि उनी अध्यक्षमा सर्वसम्मत चयन भएको अभिभावक सुर्यमान तामाङले जानकारी दिए ।
यसैगरी समितिको खुल्ला तर्फबाट सुमिन्त्रा देबी चौधरी र समाबेशी कोटाबाट बबिता देवी राम चयन भएकी छिन् । गाउँपालिका शिक्षा नियमाबली २०७४ अनुसार अभिभावक मध्येबाट अध्यक्षसहित एक महिला र एक दलित गरि ३ जना प्रत्येक्ष निर्वाचनबाट बिधालय ब्यबस्थापन समिती गठन गर्नुपर्ने ब्यवस्था छ । कूल ११ सदस्य रहने समितिमा बिधालयका प्रधानाध्यापक सदस्य सचिब, अभिभावक संघका अध्यक्ष, शिक्षा शाखाका प्रतिनिधिसहित अन्य पदेन सदस्य रहने शिक्षा निमावालीमा उल्लेख छन् ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षतामा आयोजित भेलामा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा योजना अधिकृत योगेन्द्र प्रसाद यादवले शुभकामना मनतब्य व्यक्त गर्दै अभिभावक भेलालाई महत्वको साथ लिन आग्रह गरे । उनले बिधालयको बिकास तथा बालबालिकाको भाग्य भबिश्यको योजना अभिभावक भेलाले तय गर्ने बताए । यादवले गाउँपालिकामा नयाँ नियमाबली बनेसँगै प्रथम पटक माबि सितापुर भूर्किले बिधालय ब्यबस्थापन समिति गठन सर्वसम्मतद्वारा गरेकोमा खुशी व्यक्त गरे । उनले यसबाट गाउँपालिकाका अन्य बिधालयले पनि प्रेणा लिएर समिति गठन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जनता राष्ट्रिय प्राथमिक बिधालय भूर्कीका प्रधानाध्यापक रामतला देबी साह, आधारभूत बिधालय हरिहरपुरका शिक्षक सुभास कुमार चौधरी, कुशेश्वर प्रसाद चौधरी, पत्रकार बृजमान तामाङलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । बिधालयका साहायक प्रधानाध्यापक कुलानन्द प्रसाद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक दुर्गानन्द चौधरीले गरे । उक्त भेलामा प्रधानाध्यापक चौधरीले आ ब २०७६ र ०७७ को आय–ब्याय समेत प्रस्तुत गरेका थिए ।