राजविराज, १५ पुस ।
जबरदस्ती करणी उद्योग मुद्दामा पक्राउ परेका सप्तरीको सुरुङ्गा नगरपालिका–८ का २८ बर्षीय गुदर रामलाई सप्तरी जिल्ला अदालतको आदेशले कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज नगरपालिका–१३की एक जना पीडित महिलाले दिएको जाहेरीको आधारमा प्रहरीले रामलाई पक्राउ गरी मुद्दा चलाएको थियो । सोही क्रममा पुस १४ गते सप्तरी जिल्ला अदालतको आदेश अनुसार रामलाई ३ लाख धरौटी माग गरिएको थियो । उक्त रकम बुझाउन नसक्दा रामलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यता अपहरण गरि मानिस वेपत्ता बनाएको आरोपमा पक्राउ परेका सप्तरीको विष्णुपुर गाउँपालिका–१का २५ बर्षीय सुरेन्द्र यादवलाई सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।