• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अग्निसाईर कृष्णासवरन गाउँपालिकामा गाउँ प्रहरी भर्ना

अग्निसाईर कृष्णासवरन गाउँपालिकामा गाउँ प्रहरी भर्ना

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १५ पुस ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ६ जना गाउँ प्रहरी भर्ना हुने भएको छ । गाउँपालिकाले स्थानीय सरकार संचालन ऐना २०७४ को परिच्छेद ३ दफा २ उपदफा १ (क) बमोजिम गाउँ प्रहरी भर्ना प्रक्रिया शुरु गरेको हो ।

गाउँपालिकाद्वारा २ महिलासहित ६ जना गाउँ प्रहरी भर्नाका लागि गरिएको बिज्ञपन ८ महिला सहित ४४ जनाले आबेदन दिएका छन् । आबेदक मध्येबाट ४ महिलासहित २१ जनाको सर्टलिष्ट गाउँपालिकाले निकालेका छन् । सर्टलिष्टमा परेकाहरूलाई बुधबार ब्यारिङ्ग चेक गरिएका छ्न । ईलाका प्रहरी कार्यालय महुलीका प्रहरीद्वारा गाउँ प्रहरी भर्नामा छनौट भएकाहरूलाई जाँच गराएका छन् । पहिलो चरणमा २ जना महिलासहित ४ जना पुरुषको गाउँ प्रहरीमा भर्ना गरिने गाउँपालिका उपाध्यक्ष मिना चौधरीले जानकारी दिईन् । गाउँपालिकाले स्थानीय सरकार संचलन ऐना २०७४को परिच्छेद ३ दफा २ उपदफा १ (क ) बमोजिम गाउँ प्रहरी भर्ना गरेको गाउँ पालिका अध्यक्ष पर्शुराम चौधरीले बताए ।

प्रहरी भर्नासंगै गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्नुको साथै कामकाजमा समेत सहज हुने अध्यक्ष चौधरीले बिश्वास गरे । स्थानीय सरकार संचालन ऐना २०७४ बमोजिम १० जना सम्म प्रहरी भर्ती गर्न पाउने अधिकार भएपनी पहिलो प्रयास स्वरुप प्रथम चरनमा ६ जना गाउँ प्रहरी भर्ती गर्ने अध्यक्ष चौधरीले जानकारी दिए । चौधरीले गाउँपालिकाले आबश्यकता अनुसार निजी श्रोतसाधानले अन्य १० भन्दा बढी गाउँप्रहरी नियुक्त गर्न सक्ने अध्यक्ष चौधरीले जानकारी दिए ।