• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

संघर्षबाटै संसद पुनस्र्थापना गर्ने उद्घोष

सरकारविरूद्ध नेकपाको प्रदर्शन
संघर्षबाटै संसद पुनस्र्थापना गर्ने उद्घोष

राजविराज, १४ पुस ।
प्रचण्ड तथा मधव नेपाल समुहको नेकपाले वर्तमान सरकार बिरुद्ध मंगलबार सप्तरी सदरमुकाम राजविराजसहित मुलुकभर प्रदर्शन गरेको छ ।

प्रतिगामी सरकार मुर्दावाद, केपी ओली मुर्दावाद, असंवैधानिक कदम फिर्ता लेउ, प्रतिनिधि सभा पुनस्र्थापना गर जस्ता नारावाजीसहित राजविराजमा निकालिएको बिरोध ¥यालीमा नेकपा नेता कार्यकर्ताहरूको व्यापक सहभागिता थियो ।

बिरोध ¥याली पश्चात सहिद दशन(जन आन्दोलन) चोकमा आयोजित विरोध सभामा बोल्दै नेताहरुले सडक संघर्षबाटै भएपनि विघटित संसद पुनस्र्थापना गराएरै छाड्ने उद्घोष गरे । जनताको ठुलो त्याग, तपस्या र बलिदानबाट मुलुकमा लोकतंत्र, गणतंत्र स्थापना भएको जिकिर गर्दै नेताहरूले वर्तमान प्रधानमंत्री तथा राष्ट्रपतिले शत्तालिप्सा र पदलोलुपताका कारण लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई समाप्त पार्ने षड्यंत्रमा लागेको आरोप लगाए ।

वक्ताहरू संघियों, लोकतंत्र तथा गणतंत्रको रक्षाका लागि एक–एक नेपालीले आ–आफ्नो ठाउँबाट संघर्षको शंखनाद गर्नुपर्ने अपरिहार्यतामाथि समेत जोड दिए । हिजो पनि आफुहरू संघीयता, लोकतंत्र, गणतंत्र एवम् धर्मनिर्पेक्षताको संघर्षमा सहभागिता जनाएको तथा आजपनि त्यसको निम्ति जस्तोसुकै संघर्षका लागि तयार रहेको भन्दै नेताहरुले आफुहरूको संघर्षमा हिजोका दिन जस्तै आगामी समयमा पनि साथ दिन आमजनमा अपिल गरे ।

नेकपाका नेताहरुले मंचबाट अन्य राजनीतिक दललाई पनि एकजुट भएर वर्तमान सरकार तथा वर्तमान सरकारको प्रतिगमन विरुद्ध संयुक्त संघर्षका निम्ति आग्रह समेत गरेका छन् ।

विरोध सभामा नेकपा सप्तरीका अध्यक्ष एवम् केन्द्रिय सदस्य अशोक कुमार मण्डल, जिल्ला इन्चार्ज रामप्रित पासवान, प्रदेश सभा सदस्य एवम् नेकपा सप्तरीका सचिव गोविन्द न्यौपाने, नेकपाका नेता एवम् संविधान सभा सदस्य उमेश कुमार यादव, यूवा नेता महेश यादव, निरंजन झासहितकाहरुले बोलेका थिए ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहको नेकपाले मंगलबार देशभर शक्ति प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । प्रचण्ड–नेपाल समूहले संसद पुनर्स्थापनाको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

केन्द्रीय कमिटीको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो ।