• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाँस आवास परियोजना बिस्तारमा जोड

बृजमान तामाङ्ग
राजबिराज, ०८ पुस ।
महुली सामुदायिक बिकास केन्द्रद्वारा सप्तरीको बिभिन्न पालिकामा गरिएको बाँस आवास निर्माण परियोजनालाई जिल्ला भरी बिस्तार गर्नुपर्ने राजबिराजमा बुधबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

ह्यबिट्याट फोर हुमानिटी नेपालको सहयोग, जिल्ला समन्वय समिति सप्तरीको समन्वय तथा महुली सामुदायिक बिकास केन्द्र बकधुवाद्वारा आयोजित बाँस आवाससम्बन्धि जिल्ला स्तरीय परियोजना तथा परामर्श समन्वय कार्यक्रमका बक्ताहरुले बाँस आवास परियोजना बिस्तारमा जोड दिएका हुन् ।

जिल्ला समन्य समिती सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बक्ताहरुले परियोजनाले सामाजिक रुपान्तरणमा टेवा पुगेको बताए । कार्यक्रममा अध्यक्षको आशनबाट बोल्दै प्रमुख यादवले परियोजनाले सुशासन र सम्वृद्ध समाज निर्माण सहयोग पुगेको बताए ।

सरकारले घरबिहीनहरुलाई घर जग्गाको ब्याबस्था मिलाउने लक्ष्यलाई परियोजनाले सहयोग गरेको छ, प्रमुख यादवले भने, अतिबिपन्न, गरिव, दलित समुदायले घर जग्गा निःशुल्क पाउने तथा जीवन स्तरलाई उकास्न सहयोग पुगेको छ । प्रमुख यादवले राष्ट्रकै उदाहरनीय गरेको भन्दै बाँस आवास परियोजनालाई जिल्लाको सबै पालिकामा बिस्तार गर्नुपर्नेमा जोड दिए ।

अग्निसाईर कृष्णा सवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले कम लगानीमा आकर्षक घर बन्ने र गरिवगुरुवाले पाउने भएकोले परियोजनाले स्थानीय बिकासमा ठूलो योगदान गर्ने बताए । गाउँपालिकाले भूमिहीन अति बिपन्न दलितहरूलाई घरजग्गा निःशुल्क हस्तान्तरण गरेको बताउँदै अध्यक्ष चौधरीले उक्त परियोजनाले गाउँपालिका पुरस्कृत भएको बताए ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले स्थानीय उत्पादनको उपयोगितामा सस्तोमा जोखिममुक्त आवास बन्ने भएकोले बाँस आवास परियोजनालाई निरन्तरतामा जोड दिए । उनले एउटा बिकासले अर्कोलाई अबरोध नपुग्ने र सहयोग हुने दीर्घकालीन सोच लिएर कार्यक्रमलाई समुदायमा लग्न आग्रह गरे ।

जिल्ला समवन्य समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समवन्य समितिका सल्लाहकार बिनोद कुमार यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, डिभिजन बन कार्यालय सप्तरीका प्रमुख संतोष झा, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सघन सहरी बिकास तथा भवन निर्माण कार्यालय सप्तरीका ईन्जिनियर कमल साह, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद गुरुङ्ग, शम्भुनाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगत, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, ह्याबिट्याट फोर ह्यूमानिटी नेपालका बरिष्ठ ईन्जिनियर बिजय कुमार गुप्ताले बाँस आवास कार्यक्रमले थोरै लगानीमा धेरै भूमिहीन र घरबिहीनले निःशुल्क घर पाउने भएकोले कार्यक्रमलाई जिल्ला भर बिस्तार गर्नुपर्नेमा जोड दिए ।

महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीद्वारा संचालित कार्यक्रममा परियोजनाको आबश्यक्ता र आगामी रणनीतिको बारेमा कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले प्रकाश पारेका थिए भने ह्याबिट्याट फोर ह्यूमानिटी नेपालको कार्यक्षेत्र र समुदायमा गर्दै आएको योगदान बारे ह्याबिट्याटका कार्यक्रम संयोजक रामप्रकाश दनुवारले चर्चा गरेका थिए । महुली सामुदायिक बिकास केन्द्र, ह्याबिट्याट फोर ह्यूमानिटी नेपाल, स्थानीय पालिकाहरुको त्रिपक्षीय साझेदारीमा सुरक्षित आवास निर्माण परियोजना संचालन गरि सप्तरीका सयौं अतिबिपन्न र बिपद्मा परेकाहरूलाई निःशुल्क घर प्रदान गर्दै आएका छन् ।