राजविराज, ०८ पुस ।
संसद विघटनसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व तथा माधव नेपाल–प्रचण्ड नेतृत्वको दुई खेमामा विभाजित भएको छ । दुवै पक्षले आ–आफ्नो गुटलाई आधिकारीक नेकपा भन्दै केन्द्रीय कमिटीको बैठक लगायतका प्रक्रियाहरु समेत थालेका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीले मनोनित गरेका सयौं केन्द्रीय सदस्यहरुमा सप्तरीका सात जना परेका छन् । सप्तरीबाट यसरी केन्द्रीय समितिमा मनोनित हुनेहरुमा पूर्व उपसभामुख गंगाप्रसाद यादव, संविधान सभा सदस्य रञ्जु ठाकुर, सप्तकोसी नगरपालिकाका मेयर उत्तम गौतम, नेता सुखराम यादव, जयप्रकाश ठाकुर, देवनारायण चौधरी र अब्दुल मजिद साकिर रहेका छन् ।