• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जिल्ला प्रमुख नेतृत्वको टोलिद्वारा सुरक्षित आवास निर्माण परियोजनाको अनुगमन

जिल्ला प्रमुख नेतृत्वको टोलिद्वारा सुरक्षित आवास निर्माण परियोजनाको अनुगमन

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, ०७ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका र अग्निसाईर कृष्णासवरन गाउँपालिकामा संचालित सुरक्षित आवास निर्माण परियोजानाको मंगलबार एक जिल्ला स्तरीय टोलिद्वारा अनुगमन गरेका छन् ।

जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव नेतृत्व टोलिले शम्भुनाथ नगरपालिका वडा नम्बर २ र अग्निसाईर कृष्णासवरन गाउँपालिकामा वडा नम्बर ४ मा संचालित सुरक्षित आवास निर्माण परियोजनाको स्थलगत निरीक्षण गरेको हो ।

यादव नेतृत्वको टोलिले आवास उपभोक्ताहरु संघ भेटी सुरक्षित आवास निर्माण परियोजनाको बारे जानकारी लिएका छन् । आवास निर्माण परियोजनाले जग्गा लिने र घर बनाउने आर्थिक हैसियत नभएको अति बिपन्न दलित, भुमिहिन परिवारले निशुल्क घर जग्गा प्राप्त गर्ने भएकोले परियोजना प्रभावकारी रहेको अनुगमन टोलिले बताएका छन् । कम लगानीमा जग्गासहित आकर्षक सुरक्षित घर निर्माण गरि अति बिपन्न दलित समुदाय निशुल्क प्रदान गरेको छ, जिल्ला समन्वय समिती सप्तरीका प्रमुख यादवले भने, हावा पानी, ठण्डी, भूकम्प जस्ता जोखिममा पनि अति बिपन्न परिवार ढुककले बस्न सहज भाको छ ।

यादवले कार्यक्रममालाई जिल्लाको सबै पालिकामा बिस्तार गर्न सरोकारवालाहरुलाई अग्रह गरे । जिल्ला समन्वय समितिका सल्लाहकार बिनोद कुमार यादवले कार्यक्रमले गरिवको उत्थान हुने भएकोले निरन्तरता दिनुपर्नेमा जोड दिए । सहरी बिकास तथा भवन निर्माण कार्यालय सप्तरीका ईन्जिनियर कमल साहले स्थानीय श्रोत, साधन र श्रमको उपयोग गरि कम लगानीमा सुरक्षित आवास निर्माण हुनु पूर्वधार बिकासको क्षेत्रमा उदाहार्णिय कार्य भएको बताए ।

जिल्लास्तरीय अनुगमन टोलिले बकधुवास्थित बाँस उपचार केन्द्रको समेत अनुगमन गरे । अधिकाँस घरमा बाँसको बढी प्रयोग भएकोले घर निर्माणमा कम लगानी लागेको महुली सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिए । महुली समुदायिक बिकास केन्द्र, ह्याबिट्याट फोर ह्युमानिटी ईन्टरनेशनल नेपाल र स्थानीय सरकारको त्रिपक्षीय साझेदारीमा अति बिपन्न, गरिव, भूमिहिन, दलित, एकल महिला, अशक्त, सीमान्तकृतहरुको लागि घर निर्माण गरि निशुल्क प्रदान गर्दै आएको चौधरी जानकारी दिए ।

सुरक्षित आवास निर्माण परियोजना अन्तर्गत ४ सय भन्दा बढी घर निर्माण गरि अति बिपन्न दलित समुदायलाई हस्तान्तरण गरेको चौधरीले जानकारी दिए । परियोजनालाई जिल्लाका सबै स्थानीय तहमा बिस्तार गर्ने योजना रहेको उनले बताए । घर निर्माणमा प्राविधिकदेखि यूवा परिचालन संस्थाले आफै गर्दै आएको महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले बताए ।

अनुगमन टोलिमा अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, शम्भुनाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगत, ह्यबिट्याट फोर हुमानिटी नेपालका तृप्ती महासेठ, बिजय कुमार गुप्ता, राजिव बर्मा, रमेश कुमार राउत, संस्थाका पदाधिकारी, पत्रकारहरु, उपभोक्ता समितिका पदाधिकारीहरु समेत थिए ।

परियोजना अन्तर्गत अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ स्थित ५२ घरको एकीकृत बस्ती सहित १ सय ६५ बटा र शम्भुनाथ नगरपालिकामा १० घर अतिबिपन्न दलित परिवारलाई हस्तान्तरण गरि सकेका छ्न भने शम्भुनाथ नगरपालिका वडा नम्बर २ स्थित कनकपट्टीमा ५० घर निर्माणाधिन अबस्थामा रहेको महुली सामुदायिक बिकास केन्द्रका अध्यक्ष रामलगन मण्डरले जानकारी दिए । घर निर्माणका लागि स्थानीय सरकारले जग्गाको ब्यबास्था गरि दिएको र ४० प्रतिशत बजेट समेत उपलब्ध गराएको महुली सामुदायिक बिकास केन्द्रका उपाध्यक्ष आशा कुमारी चौधरीले जानकारी दिईन् ।

पक्की फन्डिशन, पिल्लर, टाटीको घेराबेरा टिनको छाना भएको दुईवटा कोठा एक किचेन र सौचालयसहितको एउटा घर निर्माणमा २ लाख ८५ हजार लगानी भएको छ । यस्तै शम्भुनाथ नगरपालिका २ स्थिति कनकपट्टीमा भने पक्की फन्डिशन, टाटीको बेरामा सिमेन्ट ढलाई भएको २ कोठा किचेन र सौचालयसहित निर्माणाधिन घरमा ३ लाख पचिस हजार लाग्ने जनाएको छ । कम लगानीमा सुरक्षित आवास निर्माण गरि घरबिहीन अत्ति बिपन्न परिवारलाई निशुल्क बाँड्न शुरु भएपछि सुरक्षित आवास निर्माण परियोजना समुदायमा लोकप्रिय बन्दै गएको छ ।