राजविराज, ०५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयप्रति असहमति जनाउँदै मन्त्री मण्डलका सात जना मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन् । राजिनामा दिएकाहरु प्रचण्ड र माधव नेपाल पक्षधर मानिन्छन् ।

सिंहदरवारमा पत्रकार सम्मेलन गरी कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणी पोखरेल र खानेपानी मन्त्री विना मगरले राजीनामा दिएका हुन् । यद्यपी पूर्व माओवादीबाटै मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।