• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

हरिहरपुरको कुखुरा फार्ममा आगलागी, तीन लाख पचास हजार भन्दा बढीको क्षति

हरिहरपुरको कुखुरा फार्ममा आगलागी, तीन लाख पचास हजार भन्दा बढीको क्षति

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, ५ पुस ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ स्थित एक कुखुरा फार्ममा शनिबार राती आगलागी हँुदा तीन लाख, पचास हजार भन्दा बढीको क्षति भएको छ ।

स्थानीय महम्मद ईसरिलको फार्ममा आगलागी हँुदा कुखुरासहित बिभिन्न सामानहरु जलेर नष्ट भएको हो ।

राती करिव १ बजेतिर भएको आगलागीमा परि, कुखुरा ३ सय ५० वटा, दाना २० बोरा, हिटर २ थान, एउटा घर, भाँडाकुँडा, फर्निचर लगायतका सामान पुर्ण रुपले जलेर नष्ट भएको पीडितले बताएका छन् । आगलागीमा ३ लाख, पचास हजार भन्दा माथीको धनमाल जलेर खरानी भएको पीडितले जनाएको छ ।

राती साढे १२ बजेसम्म फार्म भित्र थिए, पीडित ईसरिलले भने, फार्मबाट स्टोर रुममा गएर के सुतेको थिए एकाएक आगलागी भएको थाहा भयो । आगो लागेको सवा एक बजे तिर थाहा पाएको जानकारी दिदै ईसरिलले एकै छिनको अन्तारालमा आगलागी हुँदा छक्क परेको बताए ।

आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको उनले बताए । एक्लै फार्ममा सुतेको समय कसरी आगो लागे भन्दै पीडितले आश्चर्य व्यक्त गरे । फर्ममा कसरी आगलागी भएको बारे अनुसान्धन भईरहेको प्रहरी चौकी पकरीले जनाएको छ । प्रहरीले विद्युत सर्ट भइ आगलागी हुन सक्ने आशंका गरेका छन् ।