• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

आगलागीमा परि ८५ बर्षीय बृद्धको निधन

राजविराज, ०३ पुस ।
शुक्रबार विहान सप्तरीको राजविराज नगरपालिका–१६ बोरिया टोलमा आगलागी हुँदा स्थानीय ८५ बर्षीय बृद्ध झलाही यादवको घटना स्थलमै मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसारका विहान करिब ४ बजे तिर बिद्युत सर्ट भएर मृतक यादवको गोठमा आगलागी भएको हो । आगलागी हुँदा उनी गोठमै सुतिरहेका थिए ।

नेपाल प्रहरी, राजविराज नगरपालिकाको बारूण यन्त्र तथा स्थानीयको सहयोगमा झण्डै डेढ घण्टा पछि आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ । आगलागीमा परि झण्डै एक लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक बृद्धको शव हाल पोस्टमार्टमका लागि गजेन्द्रण् नारायण सिंह अस्पताल ल्याईएको छ ।