• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

संबैधानिक परिषद्सम्बन्धि अध्यादेश संबिधान बिरोधी कदम ः अशोक राई

संबैधानिक परिषद्सम्बन्धि अध्यादेश संबिधान बिरोधी कदम ः अशोक राई

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १ पुस ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता एबम् पूर्व मन्त्री अशोक राईले साँसदलाई बन्धक बनाएर संबैधानिक परिषद्सम्बन्धि सरकारले ल्याएको अध्यादेश संबिधान बिरोधी कदम भएको टिप्पणी गरेका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ स्थित ट्राफिक बजारमा बुधबार कार्यकर्तासँग कुराकानीको गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

कार्यकर्ताहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता राईले संबिधानलाई मिचेर सरकारले ल्याएको अध्यादेश असंवैधानिक रहेको बताए । ऐन, कानुन साँसदबाट संशोधन वा नयाँ बनाउने हो, वरिष्ठ राईले भने, सांसद रोकेर अध्यादेश ल्याएको छ । यो सरकारको असंवैधानिक कदम हो । पूर्व मन्त्रीसमेत रहेका जसपा वरिष्ठ नेता राईले पद खुस्किने डरले प्रधानमन्त्रीले संसद अधिबेशन बोलाउन नचाहेको आरोप लगाए ।

पार्टी भित्रको अन्तर कलहले सांसदमा अल्पमतमा परि पदबाट हटाउने डरले प्रधानमन्त्री ओलिले सांसदलाई बन्धक बनाएको राईको भनाई थियोे । सरकार चलाउन ओलि पूर्ण अयोग्य ठहर भयो मैले भन्नै पर्दैन नेकपाका नेताहरूले नै प्रयाप्त भनेको छ, राईले भने, ओलि सरकारको मन्त्रीले गरेको भ्रष्टाचारको छानबिन गर्न नपाउने कानुन पास गरेर भ्रष्टाचारीहरुको संरक्षणमा प्रधानमन्त्री लागेको छ ।

सरकारले ल्याएको अध्यादेशले लोकतन्त्र खतरा परेको वरिष्ठ नेता राईले उल्लेख गरे । संबैधानिक निकायहरूमा एकल जातिको पकड राख्ने षड्यन्त्र भई रहेको चर्चा गर्दै नेता राईले त्यसैको परिणाम स्वरुप अध्यादेश ल्याएको दाबी गरे । बर्तमन सरकार परिबर्तन बिरोधी रहेको टिप्पणी गर्दै नेता राईले ओलि सरकारको प्रतिगामी कदम विरुद्ध जसपा सडक आन्दोलन उत्रिने चेतावनी दिए ।

काँग्रेस कम्युनिस्ट जस्ता पुरानो बिचार भएका पार्टीले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न नसक्ने जिकिर गर्दै राईले अधिकारबाट बञ्चित समुदायहरुलाई जसपामा आबद्ध हुन आग्रह गरे । उनले सदियांैदेखिको सबै खाले विभेद, भेदभावबाट मुक्तिका लागि मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला एकजुट हुनुपर्नेमा जोड दिए ।

सरोज चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ नेता राइले नेपाली काँग्रेस, नेकपासहित बिभिन्न पार्टी परित्याग गरि जसपामा प्रबेश गरेका सयौं नेताकार्यकर्तालाई अबिर लगाएर पार्टी प्रबेश गराएका थिए । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव, बिनोद चौधरी, रामेश्वर मण्डल, जिल्ला अध्यक्ष केदार यादवले मन्तव्य व्यक्त गर्दै पार्टी प्रवेश गर्ने सबैलाई उचित स्थान दिने भन्दै शुभकामना दिए ।

सचिदान्द माझीद्वारा संचालित कार्यक्रममा स्वागत गौरीशंकर साहले गरे । सोही कार्यक्रममा दिनानाथ चौधरीको अध्यक्षतामा जसपा शम्भुनाथ नगरपालिका ३ नम्बर वडा समितिको समायोजन घोषणा समेत गरिएको थियो ।